Logo

२०८३, आश्विन ९गते


images
images

कविता

बाबाको सम्झना

बाबाको सम्झना

images
  • बाबाको सम्झना
    images
    images

    कैल्यै मिठा मुखवस्तु नखाइ दिनुभो, परदेशमा चौकीदारी गर्यौ 
    आधा खानुभो आधा मलाई दिनुभो, जीवनभरि दुःखै भारी सहयौ ।।
    गोठैमा तातो फिजको दूध खान, म हातमा लिएर बस्थेँ सानो कटौरा
    “छोराले खाएको खेर नजान्छ” भनी, हाँस्दै भन्नुहुन्थ्यो दृढ अटल ।।

    images
    images
    images

    खेतीमा पसिना बगाई निरन्तर, आफ्नै शरीर सुकाई श्रम गर्यौ
    नयाँ वस्त्र नलाई  मलाई पढाइ, ज्ञानैको उज्यालो पथमा बढायौ ।।
    फाटेका लुगा च्यातिएका गोडा, हातैमा गहिरा दाग बोकी दिन कटायौ
    बाबा तिमी नै सहारा हृदयको, सपना सजाउने दीप जलायौं ।।

    images
    images
    images

    कति सम्झनामा डुबाउँछ त्यो बेला, जब तपाई बन्नुहुन्थ्यौ कठोर
    “ए केटा यसरी के गरी पाल्नेछस्, स्वास्नी छोराछोरीलाई विभोर ।।
    त्यो बेला त पीडाले मन तड्पिन्थ्यो, आज बुझें त्यो सत्य रहेछ
    परिवार पाल्न गाह्रो कति पर्छ रे, त्यही अनुभव बल्ल आज भएछ ।।

    images
    images
    images

    आज तिमी छैनौ, सम्झनामा मात्र, तस्बिर तिम्रो अघिपछि टाँसिए
    आँखा भिडाउन सकिनँ तिमी जीवित, आज तस्बिरसँगै कुरा गरिए ।।
    म खुवाउन सक्थेँ भने गर्वित भएर, गर्वका आँसु तिम्रो आँखामा हुन्थे,
    स्वर्गैबाट  आशीष देऊ है, जीवनका बाटोमा अगाडि म बढ्थे ।।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।