देवदह । सेभेन स्टार इंलिश बोर्डिंङ स्कुलमा तीज गीत विशेष नृत्य प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा क्रियाशील सेभेन स्टार जुनियर रेडक्रस सर्कलले शुक्रवार प्रतियोगिता गरेको हो ।
प्रतियोगितामा मन्टेस्वरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले कक्षागत तथा सदनगत समूहमा भाग लिएका थिए । मन्टेश्वरी देखि कक्षा १ सम्मको समूहमा आठ समूहले भाग लिए । जसमा कक्षा १ प्रथम, यूकेजी द्वितीय र एलकेजी तृतीय भएको विद्यालयले जनाएको छ ।
कक्षा २ देखि ४ सम्मको समूहमा ११ समूहले भाग लिएकोमा प्रथम कक्षा ४, द्वितीय कक्षा ३ र तृतीय कक्षा २ भएका छन् । त्यस्तै, कक्षा ५ देखि ७ सम्मको समूहका पाँच हाउसमध्ये ओसियन हाउस (बिन्दिया केसी लिडर ) प्रथम, माउन्टेन हाउस (अनामिका श्रेष्ठ लिडर) द्वितीय र अमेजन हाउस (सन्ध्या भट्टराई लिडर ) तृतीय भएका छन् ।
कक्षा ८ देखि १० सम्मको समूहमा पाँच हाउसमध्ये माउन्टेन हाउस प्रथम, अमेजन हाउस द्वितीय र ओसियन हाउस तृतीय भएका छन् ।
विजयी विद्यार्थीहरुलाई अबिर, मेडल र प्रमाणपत्रमा सम्मान गरिएको सर्कलका अध्यक्ष प्रिन्स श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य टिकाराम चापागाई, प्रबन्धक निर्देशक मोहन गिरी लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology