Logo

२०८३, आश्विन ९गते


images
images

विद्यालय शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयकप्रति शिक्षक महासंघको असहमति, आन्दोलनको घोषणा

विद्यालय शिक्षा विधेयकप्रति शिक्षक महासंघको असहमति, आन्दोलनको घोषणा

images
  • विद्यालय शिक्षा विधेयकप्रति शिक्षक महासंघको असहमति, आन्दोलनको घोषणा
    फाईल फोटो : शिक्षक आन्दोलन
    images
    images

    काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ।  

    images
    images
    images

    शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेको भन्दै आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो ।

    images
    images
    images

    विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

    images
    images
    images

    उनले पहिलो चरणको आन्दोलन अन्तर्गत भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने र भदौ ११ देखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउँदै २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने जानकारी दिए। त्यस्तै भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने उनले बताए।

    बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक, २०८० पारित गरेको थियो । उक्त विधेयकमा आफ्ना माग सम्बोधन नभएको भन्दै महासंघले  आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।