Logo

२०८३, आश्विन ९गते


images
images

विद्यालय शिक्षा विधेयक

निजी विद्यालय आन्दोलित, यस्ता छन् माग र आन्दोलनका कार्यक्रम

निजी विद्यालय आन्दोलित, यस्ता छन् माग र आन्दोलनका कार्यक्रम

images
  • निजी विद्यालय आन्दोलित, यस्ता छन् माग र आन्दोलनका कार्यक्रम
    images
    images

    काठमाडौँ । निजी विद्यालयले आफ्ना माग अगाडी सार्दै आन्दोलनको घोषणा गरेका छन् । निजी विद्यालयको संस्था प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

    images
    images
    images

    उनीहरुले शिक्षा ऐनमा पूर्ण छात्रवृति हटाउनुपर्ने, निजी विद्यालयहरुले विहिवार काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली निकाल्नेदेखि स्कुल बसको प्रदर्शन, बससहित कालोझण्डा लिएर चक्रपथ र्याली, संसद धर्नासम्मका कार्यक्रम सार्बजनिक गरेका छन् ।   

    images
    images
    images

    प्रमुख माग:

    images
    images
    images

    १- "पूर्ण छात्रवृत्ति" भन्ने शब्द हटाइनु पर्ने ।

    २- विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना (खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।

    ३- कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई "गैर नाफामूलक" बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने ।

    ४- छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने ।

    ५- छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १०(क) मा ४५% आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान- जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने ।

    आन्दोलनका कार्यक्रम:

    १- २०८२ भाद्र ५ गते विहान ११ वजे देखि १ वजेसम्म माइतीघर मण्डलामा सम्पूर्ण प्रिन्सिपलहरू व्यानर सहित नयाँ बानेश्वरचोकसम्म न्याली निकाली पुन माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने ।

    २- क- २०८२ भाद्र ६ गते विहान ११ वजे देशैभरिका स्कुलबसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने ।

    ख- काठमाडौं उपत्यकामो २७ किमी चक्रपथवरिपरि स्कुलबसहरूको कालो झण्डा / व्यानर सहित न्याली गर्ने ।

    ३- २०८२ भाद्र ६ गते दिनको ठिक १ बजे माइतीघर मण्डलामा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद घेराउ / धर्ना गर्ने ।

    ४- २०८२ भाद्र ८ गते निर्णायक आन्दोलनमा प्रवेश गर्ने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।