गुल्मी । सेतोमसीका कार्यकारी सम्पादक कृष्ण अन्जान ज्ञवाली सहित तीन पत्रकार सम्मानित भएका छन् ।पत्रकारिता क्षेत्रमा याेगदान पुर्याएकाे भन्दै रुरु धार्मिक सन्चारले सातौँ भजन महाेत्सवकाे अवसर पारेर पत्रकारहरूलाई सम्मान गरेकाे हो ।
सम्मानित हुनेमा सेतोमसीका कार्यकारी सम्पादक कृष्ण अन्जान ज्ञवाली सहित रुरु एफ. एम. का पत्रकार रमेश पन्थी र बि टेलिभिजन तथा मुक्तिनाथ एफ एम. मा समेत आवद्ध पत्रकार माधव पौडेल रहेका छन् । सेतोमसीका कार्यकारी सम्पादक अन्जान रुरु एफ एम र बि टेलिभिजनमा समेत आवद्ध छन् l
पत्रकार त्रयलाई रुरु धार्मिक सन्चार प्रालिका अध्यक्ष चुरामणी तिमिल्सिना र रुरुक्षेत्र गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रामलाल विकले संयुक्त रुपमा दाेसल्ला र सम्मान पत्र सहित सम्मान गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology