Logo

२०८३, आश्विन ९गते


images
images

कमल हासन र रजनीकान्त ४६ वर्षपछि सँगै पर्दामा आउदै

कमल हासन र रजनीकान्त ४६ वर्षपछि सँगै पर्दामा आउदै

images
  • कमल हासन र रजनीकान्त ४६ वर्षपछि सँगै पर्दामा आउदै
    images
    images

    काठमाडौँ । भारतक सुपरस्टार अभिनेता रजनीकान्त हालै लोकेश कनागराज निर्देशित फिल्म कुलीमा देखिएका थिए । अब लोकेशले आफ्नो अर्को फिल्मको घोषणा गरेका छन्, जसमा रजनीकान्त फेरि देखिनेछन् । तर यसपटक कमल हासन पनि उनीसँगै देखिनेभएपछि यसको चर्चा अहिलेदेखि नै शुरु भएको छ ।

    images
    images
    images

    मिडिया रिपोर्टका अनुसार, कमल हासन र रजनीकान्तबीच नयाँ एक्सन फिल्मको बारेमा वार्ता भइरहेको छ । यदि सबै कुरा ठीकठाक रह्यो भने, तमिल सिनेमाका यी दुई ठूला स्टारहरू लगभग ४६ वर्षपछि फेरि सँगै देखिनेछन् । यसअघि, दुवै १९७९ को फिल्म रा अलाउद्दीनम अलभुथा विलाक्कममा सँगै देखिएका थिए । लोकेश कनागराजको यो आगामी फिल्म राज कमल फिल्म्स इन्टरनेशनलको ब्यानरमा बन्ने बताइएको छ ।

    images
    images
    images

    यद्यपि, यसको आधिकारिक घोषणा गरिएको छैन । फिल्मको बारेमा कुराकानी भइरहेको छ र यसको कथा दुई वृद्ध गुण्डाहरूको वरिपरि घुम्नेछ । रिपोर्टमा लोकेश कनागराजले आफ्नो अर्को फिल्म कैदी- २ मा कार्थी वा आमिर खानसँग काम गर्न सक्ने सक्छन् । तर अब उनी पहिले कमल हासन र रजनीकान्तसँग बन्ने फिल्ममा ध्यान केन्द्रित गर्न सक्ने बताइएको छ ।

    images
    images
    images

    यस बाहेक, लोकेशले कमल हासनको फिल्म विक्रम २ पनि बनाउनेछन्, जुन उनको सिनेमाई ब्रह्माण्डको अर्को फिल्म हुनेछ । फिल्म कुली: द पावरहाउस १४ अगस्टमा रिलिज भएको थियो । रजनीकान्तसँगै श्रुति हासन, नागार्जुन, उपेन्द्र राव फिल्ममा महत्त्वपूर्ण भूमिकामा छन् । यस फिल्ममा आमिर खानले पनि क्यामियो गरेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रजनीकान्त
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।