Logo

२०८३, आश्विन १०गते


images
images

राजकुमारको अपराध

नर्वेका राजकुमार होइबीमाथि ३२ अपराधको आरोप

नर्वेका राजकुमार होइबीमाथि ३२ अपराधको आरोप

images
  • नर्वेका राजकुमार होइबीमाथि ३२ अपराधको आरोप
    images
    images

    काठमाडौँ । नर्वेकी राजकुमारी मेट्टे मारिटका छोरा मारियस बोर्ग होइबीमाथि ३२ अपराधको आरोप लगाइएको छ । यसमा बलात्कारका चारवटा मुद्दा समावेश छन् भने घरेलु हिंसा र आक्रमणका धेरै घटनाहरू रहेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images

    २८ बर्षिय मारियस होइबीलाई गत वर्ष अगस्ट ४ मा आफ्नी प्रेमिकामाथि आक्रमण गरेको आरोपमा पक्राउ गरिएको थियो । त्यसबेलादेखि प्रहरीले उनीसँग सम्बन्धित मुद्दाहरूको अनुसन्धान गरिरहेको छ । मारियस होइबीको जन्म युवराज्ञी मेट्टे मारिट र युवराज हाकोनको विवाहपूर्व सम्बन्धबाट भएको थियो ।

    images
    images
    images

    सरकारी वकिल स्टर्ला हेनरिक्सबोले मारियसमाथि धेरै महिलाहरूको जानकारी र सहमति बिना उनीहरूको गुप्तांग गोप्य रूपमा खिचेको आरोप पनि रहेको बताएकी छन् । यी अपराधहरूको लागि उनलाई १० वर्षसम्मको जेल सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नर्वेकी राजकुमार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।