Logo

२०८३, आश्विन ९गते


images
images

सुरक्षाले जितिन् 'तीज क्वीन देवदह'को उपाधि

सुरक्षाले जितिन् 'तीज क्वीन देवदह'को उपाधि

images
  • सुरक्षाले जितिन् 'तीज क्वीन देवदह'को उपाधि
    images
    images

    देवदह । 'तीज क्वीन देवदह–२०८२' को उपाधि सुरक्षा आत्रेयले जितेकी छन् । मंगलबार साँझ सम्पन्न 'ग्राण्ड फिनाले' मा ८ प्रतियोगीमध्येबाट आत्रेय विजेता भएकी हुन् । 

    images
    images
    images

    प्रतियोगितामा स्वस्तिका खड्का उपविजेता बनेकी छन् भने कामना गिरीले 'सेकेन्ड रनरअप' मा चित्त बुझाएकी छन् । 

    images
    images
    images

    त्यसैगरी विधागत पुरस्कारतर्फ बेस्ट वाल्क उर्मिला श्रेष्ठ, मोष्ट फ्रेन्डली चन्द्र गुरुङ, मोष्ट डिसिप्लिन निशा क्षेत्री, मोष्ट कनफिडेन्ट स्वस्तिका खड्का, मोष्ट ट्यालेन्ट आशा अधिकारी, मोष्ट फोटोेजेनिक उर्मिला श्रेष्ठ, भ्युअर्स च्वाइस चन्द्र गुरुङ र बेस्ट ड्रेस अवार्ड राधा चापागाईंले प्राप्त गरेका छन् ।

    images
    images
    images

    प्रतियोगितामा विजेता आत्रेयले १० हजार नगद सहित प्रमाण पत्र प्राप्त गरेकी छन् भने उपविजेता खड्काले ७ हजार नगद र 'सेकेन्ड रनरअप' गिरीले ५ हजार नगदसहित सम्मान पत्र प्राप्त गरेका छन् । 

    ‘तीज क्वीन देवदह–२०८२’ को तेस्रो संस्करण नेपाल ब्यूटी प्याराडाइस र स्वेच्छा मेकओभरको सहकार्यमा सम्पन्न सम्पन्न भएको हो । 

    प्रतियोगिताको  'ग्राण्ड फिनाले' मा बोल्दै देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले कार्यक्रमले महिलाको नेतृत्व विकासमा योगदान पुर्याउने विचार व्यक्त गरिन् । 

    सो अवसरमा देवदहका सामाजिक संघसंस्थामा सक्रिय महिला नेतृत्वकर्ताहरूलाई समेत सम्मान गरिएको छ । सम्मानित हुनेमा साना किसान सहकारी अध्यक्ष टीका न्यौपाने, जनप्रिय सामुदायिक वन अध्यक्ष रुका सापकोटा, उज्यालो लाल्टिन प्रतिष्ठान अध्यक्ष समज्ञा अधिकारी, लायन्स क्लब अफ देवदह अध्यक्ष सृजना ओली, सहकारी व्यवस्थापक सरला सुवेदी, सिटिजन लाइफ ईन्सुरेन्स प्रमुख विनिता श्रीस, यशोधरा चिल्ड्रेन पार्क अध्यक्ष सम्झना दुबे, सिद्धार्थ ईन्सुरेन्स प्रमुख निशा गुरुङ र केरवानी मा.वि.का लेखापाल पार्वती पाण्डे रहेका छन् ।

    चिन्ता परियार, दीपा पाठक, उकेश ज्ञवाली र मुना राना निर्णायक रहेको प्रतियोगितामा सृष्टि शाक्य कोरियोग्राफर रहेकी थिइन् ।

    नेपाल ब्यूटी प्याराडाइजकी अध्यक्ष अन्जु श्रेष्ठको अध्यक्षता, तीज क्वीन देवदहकी प्रथम विजेता कमला अर्यालको स्वागत तथा विशाल आले मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।