Logo

२०८३, आश्विन १०गते


images
images

सीमा सम्बन्धी वार्ता

चीन र भारतका विशेष प्रतिनिधि सम्मिलित सीमा सम्बन्धी २४ औँ वार्तामा १० बुँदे सहमति

चीन र भारतका विशेष प्रतिनिधि सम्मिलित सीमा सम्बन्धी २४ औँ वार्तामा १० बुँदे सहमति

images
  • चीन र भारतका विशेष प्रतिनिधि सम्मिलित सीमा सम्बन्धी २४ औँ वार्तामा १० बुँदे सहमति
    images
    images

    वेइजिङ्ग । चीन र भारतका विशेष प्रतिनिधिहरूबीच सीमा सम्बन्धी २४ औँ वार्ता मंगलबार सम्पन्न भएको छ । वार्तामा १० बुँदे सहमति भएको छ ।

    images
    images
    images

    चीनका विशेष प्रतिनिधि कम्युनिष्ट पार्टी अफ चाइना सेन्ट्रल कमिटीको पोलिटिकल ब्युरो सदस्य र सेन्ट्रल कमिसन फर फरेन अफेयर्सको कार्यालयका निर्देशक वाङ यी, जो र भारतका विशेष प्रतिनिधि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल सम्मिलित वार्तामा दुवै पक्षका नेताहरूको रणनीतिक मार्गदर्शनअनुसार चीन-भारत सीमा सम्बन्धी प्रश्नमा खुला र गहिरो छलफल गरेका थिए ।

    images
    images
    images

    दुवै पक्षले निम्न १० बुँदे सहमति हासिल गरेका छन् :

    images
    images
    images

    १. काजानमा भएको भेटपछि दुवै देशका नेताहरूबीच पुगेको महत्वपूर्ण सहमतिलाई कार्यान्वयनमा प्रगतिप्रति दुवै पक्षले सकारात्मक मूल्याङ्कन गरे । २३औँ वार्ता पछि चीन-भारत सीमा क्षेत्र शान्त र स्थिर रहेको पनि औंल्याए ।

    २. सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम राख्नुपर्ने महत्वलाई दुवैले पुन: पुष्टि गरे । सम्बन्धित मुद्दाहरू मैत्रीपूर्ण परामर्शमार्फत समाधान गर्नुपर्ने र यसले चीन-भारत सम्बन्धको समग्र विकासमा योगदान गर्ने कुरामा जोड दिए ।

    ३. दुवै पक्षले समग्र द्विपक्षीय सम्बन्धको राजनीतिक दृष्टिकोणबाट परिस्थिति हेर्ने र २००५ मा सहमति भएका राजनीतिक मार्गदर्शन अनुसार सीमा प्रश्न समाधानका लागि न्यायपूर्ण, उचित र पारस्परिक स्वीकृत ढाँचा खोज्ने सहमति गरे ।

    ४. दुवैले चीन-भारत सीमा मामिलामा परामर्श र समन्वय कार्य संयन्त्र (WMCC) अन्तर्गत सीमाङ्कन विशेषज्ञ समूह स्थापना गर्ने सहमति जनाए । यसले परिस्थितिसमेत उपयुक्त भएका क्षेत्रमा सीमाङ्कन वार्ता अघि बढाउन सम्भाव्यता खोज्नेछ ।

    ५. दुवैले WMCC अन्तर्गत कार्य समूह स्थापना गरी सीमा व्यवस्थापन र नियन्त्रणलाई प्रभावकारी बनाउन, सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम राख्न सहमति जनाए ।

    ६. पश्चिमी सीमा क्षेत्रमा भएका सामान्य स्तरका वार्तासँगै, पूर्वी र मध्य भागमा पनि सामान्य स्तरका वार्ता संयन्त्र स्थापना गर्ने र पश्चिमी भागमा चाँडै नयाँ सामान्य स्तरको वार्ता गर्ने सहमति भए ।

    ७. दुवैले कूटनीतिक र सैन्य माध्यमबाट सीमा व्यवस्थापन र नियन्त्रण संयन्त्रको उपयोग गरी पहिले सम्बन्धित सिद्धान्त र विधिहरूमा सहमति पुग्ने र त्यसपछि अवस्था शान्त पार्ने र व्यवस्थापन प्रक्रिया अघि बढाउने सहमति गरे ।

    ८. सिमापारी नदीहरूमा सहकार्यबारे विचार आदान-प्रदान गर्दै, सिमापारी नदीहरू सम्बन्धी विशेषज्ञ स्तरको संयन्त्र प्रयोग गरी बाढी सूचना सम्झौता (MOU) नवीकरणमा संचार कायम राख्ने सहमति जनाए । चिनियाँ पक्षले मानवीय सिद्धान्तअनुसार सम्बन्धित नदीहरूमा आपत्कालीन हाइड्रोलोजिकल जानकारी भारतीय पक्षसँग साझा गर्ने सहमति दियो ।

    ९. दुवैले परम्परागत तीन सीमा व्यापार बजार पुनः सञ्चालन गर्ने सहमति जनाए ।

    १०. दुवैले २५औँ वार्ता २०२६ मा चीनमा आयोजना गर्ने सहमति गरे ।

    स्रोत : CGTN

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चीन र भारत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।