Logo

२०८३, आश्विन १०गते


images
images

एयर क्यानडा र श्रमिकबिच सम्झौता, आज साँझदेखि उडानहरू सुरु हुने

एयर क्यानडा र श्रमिकबिच सम्झौता, आज साँझदेखि उडानहरू सुरु हुने

images
  • एयर क्यानडा र श्रमिकबिच सम्झौता, आज साँझदेखि उडानहरू सुरु हुने
    images
    images

    काठमाडौँ । क्यानडाको एयर क्यानडाका उडान परिचारकहरूले तलब र तालिकासम्बन्धी विवाद अन्त्य गर्दै सम्झौता गरेपछि केही दिनदेखि रोकिएका उडान पुनः सुरु हुने भएका छन् । शनिबारदेखि स्थगित भएका उडानका कारण हजारौँ यात्रुहरू अलपत्र परेका थिए ।

    images
    images
    images

    उडान परिचारकहरूको तर्फबाट प्रतिनिधित्व गर्ने यूनियनले अस्थायी सम्झौता भएको घोषणा गरेको हो । एयर क्यानडाले पनि उक्त सम्झौतालाई पुष्टि गर्दै आज साँझदेखि उडानहरू पुनः सुरु हुने जनाएको छ । तर, विमान र चालकदल तोकिएको स्थानभन्दा अन्यत्र भएकाले पूर्ण रूपमा सेवा बहाल हुन केही दिन लाग्ने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    यसअघि, क्यानडियन युनियन अफ पब्लिक इम्प्लोईज (CUPE) का झन्डै १० हजार भन्दा बढी कर्मचारीहरूले काम रोकेका थिए । श्रम मन्त्रालयले नियुक्त गरेको मध्यस्थकर्ताको सहायतामा नौ घण्टाको वार्तापछि सम्झौता भएको हो ।

    images
    images
    images

    सरकारको आदेशलाई अवज्ञा गर्दै CUPE ले काममा फर्कन अस्वीकार गरेपछि विवाद अझ चर्किएको थियो । सम्झौताका शर्तहरू सार्वजनिक गरिएको छैन । अब यसलाई यूनियनका सदस्यहरूले अनुमोदन गर्नेछन् ।

    वार्ताका क्रममा एयर क्यानडाले चार वर्षमा ३८ प्रतिशत क्षतिपूर्ति वृद्धि गर्ने प्रस्ताव राखेको थियो, जसमा पहिलो वर्षमै २५ प्रतिशत तलब बढाइने भनिएको थियो । तर CUPE ले उक्त प्रस्तावलाई "मूल्यवृद्धिभन्दा तल, बजार दरभन्दा तल र न्यूनतम तलबभन्दा तल" भन्दै अस्वीकार गरेको थियो । यूनियनको भनाइअनुसार अझै पनि उडानअघि विमानस्थलमा प्रतीक्षा गर्ने वा यात्रुहरू चढाउने समयमा तिनीहरूले पारिश्रमिक पाउने व्यवस्था छैन ।

    स्रोत : BBC

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एयर क्यानडा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।