Logo

२०८३, आश्विन १०गते


images
images

भिसा रद्द

अमेरिकामा छ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द

अमेरिकामा छ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द

images
  • अमेरिकामा छ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द
    images
    images

    काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले कानून तोडेको र तोकिएको अवधिभन्दा बढी समय बसेको कारण छ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरिएको छ ।

    images
    images
    images

    मन्त्रालयका अनुसार, यीमध्ये धेरैजसो घटनाहरू मादक पदार्थ सेवन गरी गाडी चलाउने, चोरी गर्ने र 'आतंकवादलाई समर्थन गर्ने' सँग सम्बन्धित रहेको बताइएको छ । यो कारबाही ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको अंश हो, जस अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि पनि कडाइ गरिएको छ ।

    images
    images
    images

    यद्यपि, विदेश मन्त्रालयले 'आतंकवादलाई समर्थन गर्ने' भन्नाले के बुझिन्छ भन्ने कुरा स्पष्ट पारेको छैन । ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा विरोध गर्ने र यहूदी विरोधी व्यवहार गरेको आरोप लगाउने केही विद्यार्थीहरूमाथि पनि कारबाही गरेको छ ।

    images
    images
    images

    विदेश मन्त्रालयले छ हजारमध्ये चार हजार भिसा कानून तोडेको कारणले रद्द गरिएको छ । यसबाहेक, 'आईएनए ३बी अन्तर्गत आतंकवादसँग सम्बन्धित मुद्दाहरूमा' २०० देखि ३०० भिसा रद्द गरिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।