काठमाडौँ । युक्रेन युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भेट गरेका छन् । ट्रम्पले रूस र युक्रेन दुवै शान्ति चाहेको दाबी गर्दै युद्ध चाँडै अन्त्य हुने संकेत दिएका छन् । उनले बाइडेन प्रशासनलाई युद्धको जिम्मेवार ठहर गर्दै, युरोपेली देशहरूले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन सक्ने र अमेरिका त्यसमा सहयोग गर्ने बताए ।
जेलेन्स्कीले भने भूमि साटफेरको प्रस्ताव अस्वीकार गर्दै युद्ध अन्त्यपछि मात्र सुरक्षित अवस्थामा चुनाव सम्भव हुने बताए । यसै क्रममा ट्रम्पले पुटिनसँग पनि टेलिफोन वार्ता गरेका थिए । वार्तापछि ट्रम्प र जेलेन्स्कीले पुटिनसँग त्रिपक्षीय वार्ताको सम्भावना औंल्याए । बैठकमा फ्रान्सेली राष्ट्रपति म्याक्रोन, जर्मन चान्सलर मेर्ज, ब्रिटिश प्रधानमन्त्री स्टारमर, इटालीका प्रधानमन्त्री मेलानीसहित शीर्ष युरोपेली नेताहरू सहभागी थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology