Logo

२०८३, आश्विन ९गते


images
images

नन्दनको निधन

तनहुँ बन्दिपुरमा जन्मिएका साहित्यकार प्रेमविनोद नन्दनको निधन

तनहुँ बन्दिपुरमा जन्मिएका साहित्यकार प्रेमविनोद नन्दनको निधन

images
  • तनहुँ बन्दिपुरमा जन्मिएका साहित्यकार प्रेमविनोद नन्दनको निधन
    images
    images

    भरतपुर । चर्चित गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा आइतबार राति चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट पीडित नन्दन थला परेका थिए ।

    images
    images
    images

    तनहुँ बन्दिपुरमा जन्मिएका नन्दन २०१९ सालमा नारायणगढ झरेका थिए र मोफसलमै बसेर साहित्य सिर्जना गर्दै आएका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेले उनलाई ‘गोलसिमल’ को संज्ञा दिएका थिए । उनका गीतहरूलाई नातिकाजी, शम्भुजित बाँस्कोटा, गोपाल योञ्जनलगायतले संगीत दिएका छन् भने आशा भोस्ले, उदितनारायण, प्रेमध्वज प्रधानलगायतले स्वर दिएका छन् । कान्छी सन्तान, मोहनी, अवला, मानिस, कर्जा जस्ता चलचित्रका उनका गीतहरू चर्चित छन् ।

    images
    images
    images

    ‘झटारो’, ‘अञ्जली’, ‘सपनीवाट ब्यूझेर’ लगायत गीति-काव्य संग्रह प्रकाशित छन् । उनले छिन्नलता गीत पुरस्कार, चिसाप प्रतिभा पुरस्कार, नारायणी प्रज्ञा पुरस्कारसहितका सम्मान प्राप्त गरेका थिए । नारायणी कला मन्दिरका पूर्वअध्यक्षसमेत रहेका नन्दनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नारायणी कला मन्दिरमा राखिने र देवघाटमा अन्त्येष्टि गरिनेछ ।

    images
    images
    images

    उनका श्रीमती, तीन छोरा र तीन छोरी रहेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रेमविनोद नन्दन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।