Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथामा कक्षा ९ र १० का विद्यार्थीलाई उत्प्रेरणा कार्यक्रम

सगरमाथामा कक्षा ९ र १० का विद्यार्थीलाई उत्प्रेरणा कार्यक्रम

images
  • सगरमाथामा कक्षा ९ र १० का विद्यार्थीलाई उत्प्रेरणा कार्यक्रम
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयमा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी विद्यार्थीहरुमा आध्यात्मिक चेतना र मानवीय जिम्मेवारीबोध बढाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    मानव सेवा आश्रम बुटवलका संस्थापक श्रीराम अधिकारीले प्रस्तुती दिएको कार्यक्रममा १७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रशिक्षक अधिकारीले कर्मठ, इमानदार र मिहिनेती भएर निरन्तर लागे मात्र सफल बन्न सकिने र असल मानव भएर अरुका पीडा बुझ्ने जिम्मेवार नागरिक बन्नुपर्नेमा जोड दिए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यार्थीहरुलाई नैतिक र चरित्रवान् बनेर समाज र मानवतालाई थप उचाइमा पुर्‍याउनुपर्ने बताए ।  प्राचार्य पौडेलले सगरमाथा माविले संस्कार सहितको शिक्षामा जोड दिएको उनको भनाई छ । 

    images
    images
    images

    कार्यक्रम विद्यालयका सह–प्राचार्य प्रदिप अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।