Logo

२०८३, आश्विन ९गते


images
images

म्यानचेस्टर युनाइटेड

गोलकिपर डेभिडको म्यानचेस्टर युनाइटेडमा फर्किने सम्भावना

गोलकिपर डेभिडको म्यानचेस्टर युनाइटेडमा फर्किने सम्भावना

images
  • गोलकिपर डेभिडको म्यानचेस्टर युनाइटेडमा फर्किने सम्भावना
    images
    images

    काठमाडौँ । आन्द्रे ओनानाको भविष्य अनिश्चित भइरहेका बेला म्यानचेस्टर युनाइटेडले पूर्व गोलकिपर डेभिड डी गालाई सनसनीपूर्ण पुनरागमनमा फिर्ता ल्याउने सम्भावना खुलेको छ । द सनका अनुसार, फियोरेन्टिनाका लागि प्रि-सिजनमैत्री खेलमा ओल्ड ट्राफोर्डमा प्रभावित प्रदर्शन गरेपछि युनाइटेडले डी गासँग पुनर्मिलन गर्ने विकल्प हेरेको हो ।

    images
    images
    images

    रिपोर्टअनुसार उनी कम रकममै उपलब्ध हुन सक्ने भएकाले म्यानचेस्टर युनाइटेडले यो विकल्प बारे विचार गरिरहेको बताइएको छ । डी गाले युनाइटेडका लागि ५४५ खेल खेलेपछि २०२३ मा क्लब छोडेका थिए । एक वर्ष फ्री एजेन्ट बसेपछि उनले फियोरेन्टिनामा प्रवेश पाए र गत सिजन ४२ खेल खेले ।

    images
    images
    images

    सामाजिक सञ्जालमार्फत उनले ओल्ड ट्राफोर्डमा फर्कन पाउनु आफ्नो र परिवारको लागि 'जादुई क्षण' भएको प्रतिक्रिया दिएका छन् । हाल ओनाना आगामी सिजनको उद्घाटन खेलमा आर्सनलविरुद्ध खेल्ने पक्का छ । तर दीर्घकालीन रुपमा रेड डेभिल्सको पहिलो रोजाइ गोलकिपर को हुने भन्ने प्रश्न अझै अनुत्तरित रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # म्यानचेस्टर युनाइटेड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।