Logo

२०८३, आश्विन ९गते


images
images

लिभरपुललाई हराउदै म्यानचेस्टर युनाइटेड अर्को बर्षको च्याम्पियन्स लिगमा छनौट

लिभरपुललाई हराउदै म्यानचेस्टर युनाइटेड अर्को बर्षको च्याम्पियन्स लिगमा छनौट

images
  • लिभरपुललाई हराउदै म्यानचेस्टर युनाइटेड अर्को बर्षको च्याम्पियन्स लिगमा छनौट
    images
    images

    काठमाडौँ । म्यानचेस्टर युनाइटेडले जारी प्रिमियर लिगमा लिभरपुललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    म्यानचेस्टर युनाइटेडको जितमा कोबी मैनूले खेलको ७७औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसअघि खेलको छैटौं मिनेटमा माथेस चुन्हा र १४औं मिनेटमा बेन्जामिन सेस्कोको गोलमा म्यानचेस्टर युनाइटेडले २-० को अग्रता लिएको भएपनि खेलको ४७ औं मिनेटमा डोमिनिक स्जोबोसजियल र ५६औं मिनेटमा कोडी गाप्कोको गोलमा लिभरपुलले बराबरी गर्दै खेलमा कमब्याक गरेको थियो ।

    images
    images
    images

    यो जितपछि म्यानचेस्टर युनाईटेड अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट भएको छ । म्यानचेस्टर युनाइटेडको ३५ खेलमा ६४ अंक भएको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै लिभरपुलको भने ३५ खेलमा ५८ अंक रहेको छ र हाल चौथो स्थानमा छ ।

    images
    images
    images

    प्रिमियर लिगबाट पाँच टिम च्याम्पियन्स लिगमा छनौट हुनेमा अहिलेसम्म म्यानचेस्टर युनाइटेडसहित म्यानचेस्टर सिटी र आर्सनल छनौट भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # म्यानचेस्टर युनाइटेड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।