Logo

२०८३, आश्विन ९गते


images
images

शिश महल

देवदहमा शिश महल उद्घाटन : धार्मिक पर्यटनको नयाँ गन्तव्य

देवदहमा शिश महल उद्घाटन : धार्मिक पर्यटनको नयाँ गन्तव्य

images
  • देवदहमा शिश महल उद्घाटन : धार्मिक पर्यटनको नयाँ गन्तव्य
    images
    images

    देवदह । दुर्गा पञ्चायतन मन्दिर देवदह–७, शितलनगर परिषरमा निर्मित बालगोपाल शिश महल तथा मणिद्धिप धाम बुद्ध विहारको सनिवार उद्घाटन गरिएको छ । करिव ७५ लाख रुपैंया लागतमा निर्माण गरिएको शिश महलको एक कार्यक्रमका बिच १००८ स्वामी विवेकानन्द सरस्वती महाराजले उद्घाटन गरेका हुन् । 

    images
    images
    images

    कार्यक्रम उद्घाटन पछि धार्मिक प्रवचन दिर्दै विवेकानन्द सरस्वती महाराजले संस्कारयुक्त मानिसले मात्र समाजसेवा गर्न सक्ने बताए । उनले सभ्य समाज निर्माणका लागि संस्कार आवश्यक रहेको भन्दै सबैलाई संस्कार सिकाउन अपरिहार्य रहेकामा जोड दिए ।

    images
    images
    images

    ‘धर्मको सार भनेको संस्कार हो, हामिले संस्कारयुक्त समुदाय निर्माण गर्न सक्यौं भने त्यसले विकासमा समेत सहयोग पुर्याउन सक्छ ।’ उनले भने, ‘त्यसैले संस्कारयुक्त र नैतिकवान समाज निर्माणका लागि हामीले धार्मिक जागरणका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक छ ।’

    images
    images
    images


    सांसद विश्वकर्माद्धारा बुद्ध विहार उद्घाटन :


    दुर्गा पञ्चायतन मन्दिर प्राङ्गणमा निर्माण गरिएको मणिद्धिप धाम बुद्ध विहारको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गरेका छन् । विहार उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य विश्वकर्माले समृद्ध नेपालको परिकल्पना धार्मिक एकताबाट मात्र सम्भव भएको बताए । 

    पुर्वमन्त्री समेत रहेका विश्वकर्माले देवदहलाई अध्यामित्मक नगरको रुपमा विकास गर्न निर्माणधिन बालगोपाल शिश महलले टेवा पु¥याउने विश्वास व्यक्त गरे । ‘देवदह नगरपालिका शहर उन्मुख बन्दै गइरहेको छ ।’ उनले भने, ‘पर्यटकीय क्षेत्रको रुपमा यहाँको विकास गर्न ऐतिहासिक स्थलहरुको समेत विकास हुन आवश्यक छ ।’ 

    उनले सहकार्यबाट ठुला ठुला परियोजनाहरु सम्पन्न गर्न सकिने बताउँदै एकता सद्भाव र सौहार्दपूर्ण वातावरण निर्माण गर्दै समाजलाई अघि बढाउनुपर्नेमा जोड दिए । फरक प्रसङ्गमा बोल्दै विश्वकर्माले पछिल्ला दिनहरुमा देशमा केहि भएकै छैन भन्ने किसिमको भाष्य निमार्ण भईरहेको प्रति चिन्ता व्यक्त गर्दै निर्माणाधिन पूर्व पश्चिम लोकमार्ग सम्पन्न भएसँगै परिवर्तनको अनुभुति हुने उल्लेख गरे ।

    chhabilaal bk .jpg

    कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य जानकी न्यौपानेले देवदह क्षेत्रको विकासको लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । पर्यटनको विकासका लागि लुम्बिनी प्रदेश सरकार प्रतिवद्ध रहेको भन्दै उनले देवदहको विकासमा आफ्नो सबैको सहकार्य आवश्यक रहेको बताईन् ।
    सोही अवसरमा बोल्दै देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले पर्यटकीय क्षेत्रलाई व्यवस्थि तगर्न सकेमात्र देवदहको विकास हुने बताए । ‘बालगोपाल शिश महल निर्माणले देवदहको विकासमा ईट्टा थप्ने काम भएको हामीले महसुस गरेका छौं ।’ उनले भनिन्, ‘मन्दिर समितिले अघि सारेका योजनालाई कार्यान्वयन गर्न नगरपालिका सहकार्यको लागि तयार छ ।’ 

    कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, लुम्विनी प्रदेश सभाका पुर्वसदस्य डा. कृष्णप्रसाद न्यौपाने, नगर प्रवक्ता गणेश डुम्रे, देवदह–७, का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतको उपस्थिती रहेको थियो । मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष यज्ञमूर्ति पाण्डेको स्वागत र गोविन्द ज्ञवालीको सञ्चालनमा कार्यक्रम  भएको हो ।  

    के छन् शिश महलका विशेषता :

    नवनिर्मित बालगोपाल शिश महलभित्र कृष्णको बाल लिला, बाल गोपीनी लिला, कालिनाग मर्दन र कृष्ण विराट स्वरुप लगायतका कलाहरुलाई सुन्दरताका साथ प्रस्तुत गरिएको छ । शिश महलमा कला भर्नको लागि भारतको दिल्लीबाट ३ जना कालिगड झिकाएर २ महिनासम्म निरन्तर काम गरेको मन्दिरका अध्यक्ष सिपि बस्यालले जानकारी दिए । शिश महल लुम्निनी प्रदेशमै पहिलो पटक देवदहमा निर्माण भएको बताउँदै यसको निर्माणसँगै देवदहको पर्यटन विकासमा एउटा इट्टा थपिएको उल्लेख गरे । करिव २ हजार वर्गफिटमा सिसाका स–साना टुक्रा जोडेर कालिगडले शिश महलमा कला भरेको सो अवसरमा उनले बताए ।   

    २०८१ भाद्र १० गते शिलान्यास भएको शिश महल एक बर्षको अवधिमा निर्माण सम्पन्न भएको हो । उद्घाटनसंगै भाद्र १ आईतवारबाट सर्वसाधारणको लागि प्रतिव्यक्ति ५० रुपैंया र विद्यार्थीको लागि ३० रुपैंया टिकटदर कायम गरिएको समितिले जनाएको छ । यसैगरी समुहगत रुपमा अवलोकन गर्न आउनेहरुका लागि ३० जनाको संख्यामा आएमा प्रतिव्यक्ति ३० रुपैंया कायम गरिएको जनाईएको छ । 

    शिश महलसँगै मन्दिर परिषरमा अर्जुनरथ, बुद्धविहार, वाटर फाउण्डेसन, रमणीय धार्मिक पार्क, विश्राम स्थल, आकर्षक प्रवेश द्धार लगाएतका संरचनाहरु निर्माण गरिएको छ । समितिका अनुसार मन्दिर परिषरमा निर्मित संरचनाहरु आन्तरिक आम्दानीसँगै दान दक्षिणा, स्थानीय चन्दादाता र सहयोगीहरुबाट संकलित रकम तथा देवदह नगरपालिका लगायत निकायबाट रकम प्राप्त भएको हो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिश महल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।