Logo

२०८३, आश्विन ९गते


images
images

कविता

गणतन्त्र

गणतन्त्र

images
  • गणतन्त्र
    images
    images

    याे गणतन्त्र हाे
    सहिदको रगतले जन्माएको 
    वीरताकाे प्रतीक हाे 
    जनताको आस्था हाे
    समाजवादको आधार हाे । 

    images
    images
    images

    आदिवासी जनजाति 
    दलित र सुकुम्वासी 
    पूर्वदेखि पश्चिमसम्म
    हिमालदेखि तराईसम्म
    जनताको एकताको हाे । 

    images
    images
    images

    समानता र समावेशी 
    जनताहरू सबै खुसी 
    पिछडिएका सबै जनता
    साम्यवादकाे जप मन्त्र
    याे गणतन्त्र हाे । 

    images
    images
    images

    जनजीविकाकाे आधार हाे
    विकासको मेरूदण्ड हाे
    न्यायप्रेमी जनताको धराेहर हाे
    समाजवादको यात्रा हाे
    याे गणतन्त्र हाे । 

    एक वर्ग एक जाति
    जनताहरू सबै माथि 
    निरङ्कुशताकाे अन्त्यसँगै
    नयाँ प्रभातकाे उदयसँगै
    याे नयाँ व्यवस्था हाे । 

    तराईवासीकाे आवाज हाे
    सगरमाथाको शिरपाेस हाे
    खाल्डावासीकाे मङ्गल हाे 
    सीमान्तीकृतकाे विजयी हाे
    याे गणतन्त्र हाे । 

    रक्त रञ्जित झण्डा मुनि
    एकताको माला गाँस्दै
    क्रान्तिकारी एक बन्दै 
    समाजवाद र साम्यवादकाे
    प्रगतिकाे चित्र काेर्दै । 

    फासिष्ट र सामान्तकाे 
    आर्यघाटमा चिहान खन्दै
    जनवादी गणतन्त्रको 
    आधार स्तम्भ हाे
    याे गणतन्त्र हाे । 

    बलिदानकाे इतिहास हाे
    नेतृत्वको दृष्टिकोण हाे
    याेद्वाहरूकाे कार्यशैली हाे
    याे लाेकतन्त्र हाे
    याे गणतन्त्र हाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।