Logo

२०८३, आश्विन ९गते


images
images

नेपाल टेलिकमको खुद नाफा ५७.२१ प्रतिशतले घट्यो

नेपाल टेलिकमको खुद नाफा ५७.२१ प्रतिशतले घट्यो

images
  • नेपाल टेलिकमको खुद नाफा ५७.२१ प्रतिशतले घट्यो
    images
    images

    काठमाडौँ । नेपाल टेलिकमको खुद नाफा ५७.२१ प्रतिशतले घटेको छ । आर्थिक बर्ष २०८१-८२ को चौथो त्रैमासिकसम्म खुद मुनाफा २ अर्ब ६६ करोड ८१ लाख ९२ हजार रहेको छ भने उक्त रकम गत आर्थिक बर्षको सोहि अवधिको  खुद मुनाफा भन्दा ५७.२१ प्रतिशतले कमि रहेको छ ।

    images
    images
    images

    गत आर्थिक बर्षमा टेलिकमको खुद मुनाफा ६ अर्ब २३ करोड ५५ लाख २ हजार रहेको थियो भने आर्थिक बर्ष २०८१-८२ मा घटेर ३ अर्ब ५६ करोड ७३ लाख ९ हजार पुगेको छ । टेलिकमको आर्थिक बर्ष २०८१-८२ मा प्रति शेयर आम्दानी १४.८२ रुपैयाँ मात्र रहेको छ ।

    images
    images
    images

    टेलिकमको यस २०८१-८२ आर्थिक बर्षको चौथो त्रैमासिकसम्म कुल सञ्चालन आय ३४ अर्ब ५३ करोड २४ लाख ४२ हजार रहेको छ । सो रकम गत आर्थिक बर्षको सोही अवधिको कुल सञ्चालन आयमा ०.०८ प्रतिशतले कमि हो । त्यस्तै आर्थिक बर्ष २०८१-८२ को चौथो  त्रैमासिकसम्म कुल आय ३८ अर्ब ७२ करोड ३३ लाख ४१ हजार  रहेको र उक्त रकम गत आर्थिक बर्षको सोहि अवधिको कुल आय भन्दा ८.०३ प्रतिशतले कमि रहेको देखिएको छ । त्यस्तै आर्थिक बर्ष २०८१-८२ को चौथो त्रैमासिकसम्म कर अघिको मुनाफा ११ अर्ब २१ करोड ६३ लाख ४८ हजार रहेको छ र उक्त रकम गत आर्थिक बर्षको सोहि अवधिको कर अघिको मुनाफा भन्दा ०.३० प्रतिशतले कमि रहेको छ ।

    images
    images
    images

    टेलिकमले गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षमा राजश्व तथा खुद मुनाफा परिवर्तन हुनुका प्रमुख कारणहरुमा ओटीटी सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आर्थिक बर्षको चौथो त्रैमासिकसम्मको तुलनामा करिब ४१ करोड ९० लाख ७० हजार अर्थात् १४ प्रतिशतले कम भएको र ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस र एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको बताएको छ ।

    राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमासमेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको र सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको टेलिकमले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।