Logo

२०८३, आश्विन ९गते


images
images

साहित्य

लघुकथाः बिजुलीको बिल

लघुकथाः बिजुलीको बिल

images
  • लघुकथाः बिजुलीको बिल
    images
    images

    प्रचण्ड गर्मी ! खलखली पसिनाले जीउ लछप्पै देखिन्थ्यो । तराई तातो तावा जस्तै थियो ।
    साँघुरा कोठामा क्षमता भन्दा धेरै खाँदिएका थिए कैदीहरु ।
    कारागार प्रशासनसँग पङ्खाको माग पटक पटक दोहोर्याएका थिए उनीहरुले ।
    तर प्रशासन कानमा तेल हालेर मस्त थियो ।
    समाचार सामाजिक सञ्जालमा फैलियो । समाचारले अधिकारकर्मीहरुको निद्राहराम भयो । उनीहरुले आर्थिक सहयोगको आव्हान गरे । अर्थ संकलन राम्रै भयो ।

    images
    images
    images

    अनि केही थान पङ्खा किने । कारागारमा लगेर पङ्खा हस्तान्तरण कार्यक्रम राखे ।
    प्रमुख अतिथि, अतिथिहरुले कारागार परिसर भरिभराउ भयो । दमदार भाषणहरु भए । फोटा खिचे र खुसियाली मनाए ।
    कार्यक्रम सकेर फर्कनै लाग्दा कारागार प्रशासकले सोध्यो "पङ्खा त दिनुभयो, बिजुलीको बिल कसले तिर्छ नि ?"

    images
    images
    images

    -मित्र 'उराठी' गौतम
    अमरपुर–गुल्मी,हालःतिलोत्तमा -२, रुपन्देही

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।