Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथामा कविता लेखन तथा वाचन कार्यक्रम

सगरमाथामा कविता लेखन तथा वाचन कार्यक्रम

images
  • सगरमाथामा कविता लेखन तथा वाचन कार्यक्रम
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयमा कविता लेखन तथा वाचन कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुमा अन्तरनिहित काव्यकलाको प्रस्फुटन गर्ने उद्देश्यले सगरमाथा साहित्य क्लब र बाल क्लबको सक्रियता कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई तीन तहमा विभाजन गरी प्रतियोगिता गरिएको थियो । प्रत्येक तहबाट रचना गरिएका १०/१० ओटा कविता छनोट गरिएको प्रतियोगितामा कक्षा ४ र ५ तर्फ इप्शु पोखरेल प्रथम, जिया बानिया द्धितीय, निजु श्रेष्ठ तृतीय र माल्भीका पौडेल सान्त्वना भएका छन् । 

    images
    images
    images

    कक्षा ६-७ का विद्यार्थीहरुको बिचमा भएको प्रतिस्पर्धामा वर्षा भट्टराईले प्रथम, सायना रोकाले द्धितीय, सिजन न्यौपानेले तृतीय र जोसना तामाङ्गले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

    images
    images
    images

    त्यसैगरी कक्षा ८,९ र १० का विद्यार्थीहरुको बिचमा भएको प्रतिष्पर्धामा पुस्कल पाण्डे प्रथम, निकिता भुषाल द्धितीय, सुबोध पाठक तृतीय र स्वयम नेपाली सान्त्वना भएका छन् ।

    कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यार्थीमा अन्तरनिहित रचनात्ममक काव्य कला अभिवृद्धि गर्दै उनीहरुमा आत्मविश्वास वृद्धि गराउन यस कार्यक्रमले भुमिका खेल्ने बताए । 

    विद्यालयका अतिरिक्त कार्यक्रम संयोजक दधिराम ज्ञवालीको सञ्चालनमा सम्पन्न प्रतियोगीतामा सह–प्राचार्य प्रदिप अधिकारी र शिक्षक मिनु घिमिरेले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।