Logo

२०८३, आश्विन १०गते


images
images

एन्फा महिला लिग

एन्फा महिला लिग छनोट : आज दुई खेल हुदै

एन्फा महिला लिग छनोट : आज दुई खेल हुदै

images
  • एन्फा महिला लिग छनोट : आज दुई खेल हुदै
    images
    images

    काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजदेखि एन्फा महिला लिग छनोट प्रतियोगिता शुरु हुदैछ । एन्फा फुटबल मैदान सातदोबाटोमा हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

    images
    images
    images

    समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् । समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन्।

    images
    images
    images

    आज पहिलो दिन एफसी रियल र छहारी युवा क्लब तथा सङ्कटा एफसी र नेपाल खेलकुद क्लबका बिचमा खेल हुने एन्फाले जानकारी दिएको छ ।

    images
    images
    images

    सहभागी मध्यबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् । साथै, दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने एन्फाले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एन्फा महिला लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।