देवदह । रुपन्देहीको देवदहमा बैरीमाई ट्रेड सप्लायर्स सञ्चालनमा आएको छ । निर्माण सामग्रिको थोक तथा खुद्रा बिक्री गर्नेगरी देवदह–७ सानाकिसान मार्गमा सप्लायर्स सञ्चालमा आएको हो ।
बैरीमाई हार्डवेयर एण्ड सप्लायर्स देवदहले आफ्नो पहिलो शाखाको रुपमा सञ्चालनमा ल्याएको ट्रेड सप्लायर्सको बिहिवार देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले उद्घाटन गरिन् । सो अवसरमा बोल्दै उपप्रमुख गुरुङ्गले युवाहरुले देशमा अवसर छैन भनेर भन्नु भन्दा पनि स्वरोजगारका बाटाहरु खोज्न जरुरी रहेको बताईन् ।
२०७१ सालमा व्यापार सुरु गरेको बैरीमाईले खैरेनी क्षेत्रका ग्राहकलाई पायक पर्नेगरी शाखा विस्तार गरेको सञ्चालक गोविन्द पाण्डे (मणि)ले जानकारी दिए । करिव ५० लाख लगानीमा सुरुवात गरीएको सप्लायर्सको शाखामा निर्माण सम्बन्धि सम्पूर्ण सामग्रिहरु ग्राहकको रोजाई बमोजिम उपलब्ध हुने पाण्डेले बताए ।
‘हामीले विगत एक दशक भन्दा अघिबाट यस क्षेत्रमा हार्डवेयरका सामग्रिहरु उपलब्ध गराउँदै आएका छौं । त्यसको निरन्तरता र थप विस्तारको क्रममा हामी राजमार्ग केन्द्रित भएका हौं ।’ उनले भने, ‘ग्राहकलाई पूर्ण सन्तुष्टि हुनेगरी हामीले सेवा दिनेछौं ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology