Logo

२०८३, आश्विन १०गते


images
images

इस्राएली आक्रमण

गाजा सिटीमा इस्राएली आक्रमण तीव्र, १३ सय भन्दा बढी फलस्तिनीको मृत्यु

गाजा सिटीमा इस्राएली आक्रमण तीव्र, १३ सय भन्दा बढी फलस्तिनीको मृत्यु

images
  • गाजा सिटीमा इस्राएली आक्रमण तीव्र, १३ सय भन्दा बढी फलस्तिनीको मृत्यु
    images
    images

    काठमाडौँ । गाजा सिटीमा इस्राएली सेनाले तीव्र हवाई आक्रमण गरेको हमास नियन्त्रित गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ । महमुद बस्सालका अनुसार, ज़ेतुन र सब्रा क्षेत्रका आवासीय बस्तिहरू तीन दिनदेखि लगातार आक्रमणमा परेका छन्, जसले “सर्वसाधारणका घरहरूमा ठूलो विनाश” ल्याएको छ र मृतक तथा घाइतेहरूलाई उद्धार गर्न नसकिने अवस्था छ ।

    images
    images
    images

    यसैबीच, बेलायत, युरोपियन युनियन, अस्ट्रेलिया, क्यानडा र जापानले संयुक्त विज्ञप्ति जारी गर्दै गाजामा भोकमरी फैलिरहेको भन्दै तत्काल भोकमरी रोक्न कदम चाल्न आग्रह गरेका छन् । उनीहरूले गाजामा सहायता पुग्ने प्रक्रिया सुनिश्चित गर्न “तात्कालिक, स्थायी र ठोस” कदम चाल्न माग गरेका छन् । इस्राएलले भने गाजामा भोकमरी भइरहेको दाबी अस्वीकार गर्दै संयुक्त राष्ट्रका निकायहरूलाई सीमा पार गरेर सहयोग सामग्री नपठाएको आरोप लगाएको छ ।

    images
    images
    images

    संयुक्त वक्तव्यमा सहायता वितरण स्थल र राहत लोड भएका ट्रकका काफिलामाथि घातक बलको प्रयोग रोक्न पनि माग गरिएको छ, जहाँ संयुक्त राष्ट्रका अनुसार १,३०० भन्दा बढी फलस्तिनीहरू इस्राएली सेनाबाट मारिएका छन् ।

    images
    images
    images

    विश्व स्वास्थ्य संगठन (WHO) ले मंगलबार इस्राएललाई गाजा सिटी कब्जा गर्नु अघि नै स्वास्थ्य सामग्री भण्डारण गर्न अनुमति दिन आग्रह गरेको छ । “अहिले पनि हामीलाई आवश्यक औषधि र स्वास्थ्य सामग्री भित्र्याउन पाइँदैन,” WHO का प्रतिनिधि रिक पीपरकोर्नले भने ।

    सोमबार इस्राएली युद्ध क्याबिनेटले गाजा सिटी कब्जा गर्ने निर्णय गरेको थियो, जसलाई संयुक्त राष्ट्र सुरक्षा परिषदको आकस्मिक बैठकमा निन्दा गरिएको थियो । मंगलबार इस्राएली रक्षा बलले यो “नयाँ युद्ध चरणको सुरुवात” भएको दाबी गर्‍यो ।

    इस्राएली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा बाँकी रहेका “दुई हमास गढ” नष्ट गर्ने आदेश दिँदै सहायता वितरणका लागि सुरक्षित मार्ग तोक्ने, साथै हवाईमार्फत थप राहत सामग्री पठाउने योजना अघि सारेका छन् ।

    स्थानीय बासिन्दाहरूका अनुसार, गाजा सिटीमा लगातार तीव्र बमबारी भइरहेको छ । “हरेक बम खस्दा जमिन हल्लिन्छ । धेरै मृतकहरू भग्नावशेष मुनि छन्, तर गोलाबारी रोकिएको छैन,” ज़ेतुनका माजेद अल-होसारीले भने ।

    हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा गाजाभरका अस्पतालहरूमा १०० वटा शव ल्याइएका छन्, जसमा ३१ जना सहायता स्थलमा मारिएका थिए । थप पाँच जनाको मृत्यु कुपोषणका कारण भएको बताइएको छ ।

    संयुक्त राष्ट्र समर्थित विज्ञहरूले गाजामा व्यापक भोकमरी फैलिँदै गएको चेतावनी दिएका छन् । पूर्व प्रधानमन्त्री तथा राष्ट्रपति रहिसकेका नेताहरूको अन्तर्राष्ट्रिय समूह ‘द एल्डर्स’ का सदस्य हेलेन क्लार्क र मेरी रोबिन्सनले पहिलो पटक गाजाको युद्धलाई “फैलिँदै गएको नरसंहार” भनेका छन् र इस्राएललाई भोकमरीको जिम्मेवार ठहराएका छन् ।

    स्रोत :BBC 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।