Logo

२०८३, श्रावण २७गते


images
images

रोनाल्डोको इन्गेजमेन्ट

रोनाल्डो र जर्जिनाले गरे इन्गेजमेन्ट

रोनाल्डो र जर्जिनाले गरे इन्गेजमेन्ट

images
  • रोनाल्डो र जर्जिनाले गरे इन्गेजमेन्ट
    images
    images

    काठमाडौँ । सुपरस्टार फुटबल क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिगेजसँग इन्गेजमेन्ट गरेका छन् । जर्जिनाले इन्गेजमेन्टको औठी सार्बजनिक गर्दै इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन् ।

    images
    images
    images


    रोनाल्डो र जर्जिनाको सम्बन्धको बारेमा धेरै वर्षको अनुमान र अड्कलबाजीलाई अन्त्य गर्दै दुवैले आफ्नो सम्बन्धलाई आधिकारिकता दिएका छन् । अर्जेन्टिनामा जन्मेकी मोडेल र सोसल इन्फ्लुयन्सर समेत रहेकी जर्जिनालाई रोनाल्डोले १२ लाख डलरको औठी लगाइदिएको मिडिया रिपोर्टमा उल्लेख छ । जो रोनाल्डोको अल नासरमा करिब २ दिनको कमाई हो । रोनाल्डो अहिले विश्व खेल जगतमै सबै भन्दा बढी कमाई गर्ने खेलाडी हुन् । 

    images
    images
    images


    रोनाल्डोले यसअघि आफ्ना पाँच बच्चाहरूमध्ये दुईकी आमा जर्जिनासँग विवाह गर्ने बारेमा भनेका थिए 'यो एक वर्षमा हुन सक्छ वा छ महिनामा हुन सक्छ वा यो एक महिनामा हुन सक्छ । म हजार प्रतिशत पक्का छु कि यो हुनेछ ।'

    images
    images
    images

    रोनाल्डो र जर्जिना २०१६ देखिसँगै छन् । रोनाल्डोले पहिलो पटक जर्जिनालाई म्याड्रिडको गुच्ची स्टोरमा भेटेका थिए । ४० वर्षीय पोर्चुगिज सुपरस्टार अब साउदी प्रो लिगमा अल नासरमा आफ्नो खेलाडीको क्यारियरको अन्त्य तिर रहेका छन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।