Logo

२०८३, आश्विन ९गते


images
images

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बुद्ध पब्लिकको सम्मान

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बुद्ध पब्लिकको सम्मान

images
  • कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बुद्ध पब्लिकको सम्मान
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । आइतवार विद्यालयमा औपचारिक कार्यक्रम आयोजना गर्दै बुद्ध पब्लिकले विद्यार्थीहरुलाई खादा र अबिरले सम्मानसहित मायाकोको चिनो प्रदान गरेको हो । 

    images
    images
    images

    विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका सामाजिक विकास समिति संयोजक हरी पाण्डेयले देवदह महत्वपूर्ण शैक्षिक गन्तव्य बन्दै गरेको बताए ।  देवदह-८ का वडा अध्यक्षसमेत रहेका पाण्डेयले देवदहको शैक्षिक विकासमा विद्यालयहरुको योगदानको चर्चा गरे । 'बुद्ध पब्लिक लगायत यहाँका विद्यालयहरुले देवदहको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् । शिक्षक, विद्यार्थी र अभिभावकको मेहनतले यो सम्भव भएको हो' उनले भने । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष जयकिसन अधिकारीले स्नातक तह पनि देवदहकै क्याम्पसमा अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गरे । देवदह आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखसमेत रहेका अधिकारीले छात्रवृत्ति प्राप्तिसंगै गणस्तरीय शिक्षाको लागि देवदहका शैक्षिक संस्था अब्बल रहेको विचार व्यक्त गरे । 

    images
    images
    images

    विद्यालयका प्राचार्यले कृष्णप्रसाद गैरेले बुद्ध पब्लिकका विद्यार्थीले सधै विद्यालयको र समग्र देवदहको शीर ठाडो पार्ने विश्वास व्यक्त गरे । प्राचार्य गैरेले अगाडिको शैक्षिक यात्रामा पनि विद्यार्थीहरुलाई विद्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको संचालन तथा सहायक प्राचार्य वेद सूर्यवंशीको स्वागत रहेको कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष कृष्ण भुसाल, देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेल लगायतले बोलेका थिए ।

    हालै प्रकाशित कक्षा १२ को परिक्षामा देवदह बुद्ध पब्लिकले ७०.२३ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको छ । ९२ जना उत्तीर्ण गराएको बुद्ध पब्लिकका अंकित घिमिरेले ३.८१, सुजन श्रेष्ठले ३.७७ र निरमा थापाले ३.७३ जिपिए प्राप्त गरेका छन् । विद्यालयका उत्तिर्ण विद्यार्थी मध्ये ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ५ जना रहेको छ । विद्यालयबाट ३.२ देखि ३.६ जीपीए ल्याउने २३ जना, २.८ देखि ३.२ ल्याउने ४८ जना र २.४ देखि २.८ ल्याउने विद्यार्थी संख्या १६ जना रहेका छन् ।

    प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्यापन हुने देवदह बुद्ध पब्लिकमा एक हजार आठ सय बढी विद्यार्थी अध्ययनरत छन् ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।