Logo

२०८३, आश्विन १०गते


images
images

अटिजम पाठशाला रिडीले मनायाे विश्व अपाँगता दिवस

अटिजम पाठशाला रिडीले मनायाे विश्व अपाँगता दिवस

images
  • सेतोमसी सहकर्मी
  • अटिजम पाठशाला रिडीले मनायाे विश्व अपाँगता दिवस
    images
    images

     कृष्ण अन्जान, रुरु। अपाँगतालाई कर्मकाे फलकाे रुपमा नलिई सबैथरि अपाँगता भएका हरुलाई माया सदभाव र अवसर प्रदान गर्नु पर्ने आवस्यकता भएकाे लुम्बिनी प्रदेशका साँसद कमलराज श्रेष्ठले बताउनु भएकाे छ ।

    images
    images
    images

    ३० औं अन्तराष्ट्रिय अपाँगता दिवसका अवसरमा अटिजम पाठशाला नेपाल रिडी गुल्मीले आयाेजना गरिएकाे कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेश विशेषाधिकार समितिका सभापति समेत रहेका साँसद श्रेष्ठले मुलुक सँघियतामा गई सकेपछि सबैक्षेत्रलाई सम्वाेधनमात्र हाेईन अधिकार सँबिधानमा समेत उल्लेख भएकाे स्मरण गराउनु हुँदै यसै अनुरुप अपाँगताका अधिकारका क्षेत्रमा काम भईरहेकाे बताउनु भयाे ।

    images
    images
    images

    सँघियता पछि बनेका प्रदेश सरकारका कारणले विकास निर्माणकाे पहुँच ग्रामीण क्षेत्रमा पुग्न सहज भएकाले सँघियताका कारण हरेक क्षेत्रमा विकासका काम भईरहेकाे दावि साँसद श्रेष्ठले गर्नु भयाे ।

    images
    images
    images

    कार्यक्रममा बाेल्दै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले अपाँगहरुलाई हिनताबाेध नहुने बाताबरण तयार पार्न आग्रह गर्दै अपाँगताकाे शिक्षा र पुनर्स्थापनाका क्षेत्रमा मानविय भावनाले जुट्नु पर्ने बताउनु भयाे ।

    रुरुक्षेत्र गाउँपालिका भित्र बन्ने सरकारी सँरचनाहरु अपाँगमैत्रि बनाउन आफुले पहल गरिरहेकाे र साेहि अनुसार सँरचना निर्माण भईरहेकाे बताउँदै निजि सँरचना निर्माण गर्दा पनि अपाँग मैत्रि बनाउनु पर्नेमा अध्यक्ष गौतमले जाेड दिनु भयाे ।

    अपाँग दिवसको अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समिति गुल्मीका उपाध्यक्ष तुल्सी श्रेष्ठले अपाँगता भएकाहरुलाई बाेझकाे रुपमा हेर्न नहुने बताउनु भयाे ।

    कार्यक्रममा आफ्ना धारणा राख्दै अटिजम पाठशाला नेपाल रिडीका सन्चालक समितिका सदस्य समेत रहनु भएकि रुरुक्षेत्र गाउँ पालिकाकि उपाध्यक्ष लक्ष्मी पन्थले अपाँगताका कारण अप्ठ्याराे अवस्थामा रहेका हरुलाई सहयाेग र सदभावकाे खाँचाे रहेकाे बताउनु हुँदै अभिभावक हरुकाे सल्लाह र सुझाव दिए मात्र अपाँगताकाे क्षेत्रमा काम गरिरहेका सँघ सँस्था र स्थानिय तहलाई काम गर्न सजिलाे हुने बताउनु भयाे ।

    262726131_653229442352926_8890164811193453271_n.jpg

    हरेक वर्ष डिसेम्बर ३ लाई विश्व अपाँगता दिवसकाे रुपमा मनाईँदै आएकाे छ र याे वर्ष अपाँगता मैत्रि समावेशी पहुँचपुर्ण दिर्घकाकिन ,पाेष्ट काेभिड 19 विश्वका लागि सुधारात्मक पुनर्निर्माण भन्ने नारा सहित अपाँगता दिवस मनाईएकाे सन्दर्भमा फरक क्षमता भएका हरुका लागि शैक्षिक उन्नयन लगाएतका क्षेत्रमा कृयाशिल सँस्था अटिजम पाठशाला नेपाल रिडीले पनि विश्व अपाँगता दिवस मनाएकाे हाे ।

    कार्यक्रममा अटिजम पाठशालामा अध्ययन गर्ने फरक क्षमता भएका विध्यार्थी हरुलाई शैक्षिक सामाग्री बितरण गरिएकाे थियाे । सँस्थाका अध्यक्ष अमृता कँडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे स्वागत रेणुका पन्थी र सन्चालन विष्णु प्रसाद भण्डारीले गर्नु भएकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।