देवदह । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिव जगप्रसाद शर्मा 'अपार' ले कम्युनिस्ट शक्तिविचको एकता अहिलेपनि अपरिहार्य रहेको बताएका छन् । पार्टीको देवदह नगरको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेता अपारले उक्त कुरा बताएका हुन् ।
कम्युनिस्ट एकतालाई विखण्डनको बाटोमा लैजाने काममा एमाले नेता केपी शर्मा ओलीको मुख्य भुमिका रहेको उल्लेख गर्दै नेता अपारले अहिले पनि माओवादी सबै राजनीतिक शक्ति र विशेषत: कम्युनिस्ट घटक विच एकता र सहकार्य कै लागि पहल गर्दै आएको बताए ।
पार्टीले सर्वहारा बर्गलाई साथ दिन नसकेका कारण विचमा माओवादी पार्टीमा पनि केही विचलन आएको स्विकार्दै नेता अपारले माओवादी फेरि आफ्नो बर्गको पक्षमा दृढ भएर उभिने दावी गरे ।
त्यसैगरी सोहि कार्यक्रममा बोल्दै पार्टी जिल्ला संयोजक नारायण जीसी 'निर्मल' ले पार्टीमा नयाँ संचार पैदा भएको र यसले माओवादी पार्टीलाई पुनः एकपटक देशकै ठूलो पार्टी बन्ने आफुले सम्भावना देखेको उल्लेख गरे ।
उद्धाटन शत्र सकिएपछि बन्द शत्र सुरु हुने र त्यसले नयाँ नेतृत्व चयन गर्ने पार्टीका नगर संयोजक केदारनाथ काफ्लेले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology