Logo

२०८३, कार्तिक २७गते


images
images

लुम्बिनी विकास कोषका लागि ऐन बनाइदिनुस्, पैसा हामी ल्याउँछौँ : उपाध्यक्ष डा.लामा

लुम्बिनी विकास कोषका लागि ऐन बनाइदिनुस्, पैसा हामी ल्याउँछौँ : उपाध्यक्ष डा.लामा

images
  • लुम्बिनी विकास कोषका लागि ऐन बनाइदिनुस्, पैसा हामी ल्याउँछौँ : उपाध्यक्ष डा.लामा
    images

    लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ्ग) ले सरकारले लुम्बिनी विकास कोषको लागि कानून बनाइदिए लुम्बिनी गुरुयोजना कोष आफैँले बनाउने र पैसा नमाग्ने बताएका छन् ।

    images
    images
    images

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नीति बनाइदिए गुरुयोजनाका लागि सरकारसँग कुनै रकम नमाग्ने र कर्मचारीहरुको पारिश्रमीक पनि कोष आफैँले व्यहोर्ने जिकिर गरे ।

    images
    images
    images

    उनले आफू आउनेबित्तिकै सबैथोक कायापलट हुने आफूले नभनेको भन्दै ऐन बनाएर दिए लुम्बिनी बनाउने बताए ।  कोषअन्तर्गत साढे ३ सय कर्मचारी रहेको र उनीहरु सबैको पारिश्रमिक कोषले व्यहोरिरहेको उनको दाबी छ ।

    images
    images

    लामाले भने, ‘म आइसकेपछि लुम्बिनी दिनको रात एकदमै चेन्ज हुन्छ त्यो आशा गर्ने पनि गलत हो, मैले त्यो आशा पनि गरेको छैन । तर राज्यले पोलिसी बनाइदिनुपर्छ । गुरुयोजना नेपाल सरकारबाट चाहिँदैन । हामी बनाउँछौँ । तपाईंहरुले नेपाल सरकारबाट हामीले राज्यको संयन्त्र बनाइदिनुस् । पैसा हामी ल्याउँछौँ । गुरुयोजनाका लागि नेपाल सरकारको पैसा चाहिँदैन । साढे ३ सय कर्मचारी छ, त्यो तलव पनि हामी व्यहोर्छौं । तर पोलिसी बनाइदिनुस् । हामीसँग पोलिसी छैन । यो गम्भीर कुरा हो ।’

    आफू थाइल्याण्डको कार्यक्रम र युनेस्कोको कार्यक्रमबाहेक अन्य विदेश भ्रमणमा नगएको दाबी गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा.ल्हारक्याल लामा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।