Logo

२०८३, श्रावण २७गते


images
images

बुवाको प्रेरणाले प्रहरी बनेकी रञ्जु

बुवाको प्रेरणाले प्रहरी बनेकी रञ्जु

images
  • बुवाको प्रेरणाले प्रहरी बनेकी रञ्जु
    images
    images

    प्रहरी निरीक्षक रञ्जु केसी जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवामा प्रमुखका रुपमा कार्यरत छन् । उनले रुपन्देहीमा सेवा गर्न लागेको पनि करिव एक बर्ष हुन लाग्यो । विगत ११ महिनामा उनले प्रविधिमैत्री तथा जनतासंग प्रत्यक्ष जोडिएर ट्राफिक सचेतनाका कामहरु गरिरहेकी छन् ।

    images
    images
    images

     उनी आफ्नो बुवाको प्रेरणाबाट प्रहरी सेवामा प्रवेश गरेकी हुन् । उनी भन्छिन्, ‘हामी ४ सन्तानमध्ये कोहि न कोहि प्रहरी बनोस भन्ने बुवाको चाहना थियो ।' त्यहि चाहना बमोजिम उनी र उनकी एक दिदीले प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

    images
    images
    images

    रञ्जुका बुवा जितेन्द्र केसी खानेपानी कार्यालयको कर्मचारी थिए । बुवाले प्रहरी जागिर महिलाका लागि सबैभन्दा सुरक्षित र सम्मानित ठानेकाले आफुले समेत बुवाको सपना साकार पार्न प्रहरी सेवा रोजेको उनले बताईन् । प्रहरी प्रधान कार्यालय काठमाडौंमार्फत प्रहरी सहायक निरिक्षक पदबाट सेवा प्रारम्भ गरेकी उनी ४ बर्षमै प्रहरी निरीक्षक बनिन् ।

    images
    images
    images

    यससंगै रञ्जु लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, इलाका प्रहरी कार्यालय गडवा दाङ र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेर कार्यसम्पादन गरिसकेकी छन् ।

    रुपन्देही ट्राफिकको नेतृत्व लिनु अघि उनको इलाका प्रहरी कार्यालय गडवा दाङ र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा प्रमुखको रुपमा कार्य अनुभव छ ।

    वि.सं. २०७९ सालमा दाङको गडवा इलाकामा रहँदा चुनावको समय थियो । पहिलोपटक एउटा कार्यालय प्रमुखको जिम्मेवारीमा जाँदा उनलाई केहि फरक अनुभुति भइरहेको थियो । उनले भनिन्, 'पहिलाका कार्यालयहरुमा रहँदा चेन अफ कमाण्डमा आफुभन्दा सिनियरले भनेको माने पुग्थ्यो, तर आफु प्रमुख भएपछि फरक जिम्मेवारीमा काम गर्नुपर्यो । अर्कोतर्फ इलाका अन्तर्गत रहेर चुनावको व्यवस्थापन समेत गर्नुपर्नेभएकाले धेरैथोरै प्रेसर त हुने नै भयो ।’

    आफु गडवा इलाकामा हुँदा एक १४ बर्षिय बालिकाको उद्धार गरेको घटना उनलाई आजै जस्तो लाग्छ । यादव समुदायकी ति बालिकालाई शान्ति नेपाल पुनस्थापना गृहको समन्वयमा उद्धार गरिएको थियो । प्रहरी निरिक्षक रञ्जु भन्छिन्, ‘उद्धार गरेर घर ल्याइपुर्याईदा समेत बालिकालाई आफु बेचिएको भन्ने थाहै थिएन ।’

    प्रहरी जीवनको यो एक दशकमा रञ्जुले धेरै घटना र अपराधहरुलाई नजिकबाट नियाल्ने अवसर पाइन् । आफु गडवा इलाकामा हुँदा एक १४ बर्षिय बालिकाको उद्धार गरेको घटना उनलाई आजै जस्तो लाग्छ । यादव समुदायकी ति बालिकालाई शान्ति नेपाल पुनस्थापना गृहको समन्वयमा उद्धार गरिएको थियो । प्रहरी निरिक्षक रञ्जु भन्छिन्, ‘उद्धार गरेर घर ल्याइपुर्याईदा समेत बालिकालाई आफु बेचिएको भन्ने थाहै थिएन ।’ यो त एउटा प्रतिनिधि घटना हो, उनले प्रश्न गर्दै भनिन्, ‘नेपालका दुरदराज जहाँ गरिवी र अशिक्षा व्याप्त छ यस्ता घटना ति ठाउँमा कति हुन्छन होला ?’

    गडवा अधिकांश क्षेत्र भारतसँग सिमा जोडिएको त्यसमा पनि ८५ किलोमिटर जंगल क्षेत्र, अपराधजन्य घटनाहरु प्रशस्त हुने सम्भावित क्षेत्र । हुन त उनको नेतृत्वमा उक्त इलाकामा अन्य १० वटा प्रहरी चौकीहरु समेत थिए । करिव एक बर्ष त्यहाँ विताएकी उनले जंगल क्षेत्रमा हुने बलात्कारका दोषीलाई समेत पक्रेर कारवाही गरेको बताइन् ।

    काठमाडौंस्थित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा रहँदा समेत रञ्जुले बाल यौन दुव्र्यवहार र बलात्कारका घटनाहरु अनुसन्धान गरेको बताउँछिन् । त्यहाँका घटनाहरु मध्ये एक प्रतिष्ठित विद्यालयका शिक्षकले गरेको बलात्कारको घटना उनले स्मरण गरिन् ।  घटनाबारे सुनाउँदै उनी भन्छिन्, ‘१४ बर्षकी बालिका विद्यालयमा कम्प्यूटर शिक्षकबाट 'व्याड टच'को शिकार भएकि रहेछिन् । अवस्था यस्तो बनेको थियो कि शिक्षकको दुव्र्यवहारले बालिकामा एकोहोरीने समस्या आएको रहेछ । बालिका यौन दुव्र्यवहारको शिकार भएपनि बुवा आमाले डिप्रेसनको औषधी गराइरहेका थिए ।'

    ट्राफिक सचेतना (1).jpg
    विद्यार्थीलाई ट्राफिक सचेतना तालिम दिदै प्रहरी निरीक्षक रञ्जु केसी 

    बालिका बारे बताउँदै उनले भनिन्, ‘उपचारबाट छोरी निको नभएपछि बाबुआमाले विद्यालय परिवर्तन गरे । तर शिक्षकले फलो गर्न छाडेनन् । तर बालिकालाई फलो गर्न नछाडेका शिक्षकले अन्तिममा बालिकालाई ईन्स्टाग्राम मार्फत सम्पर्क गरेर नजिकैको जंलगमा लगि बलात्कार गरेछन् ।’ बलात्कार पछि बालिका भौंतारिदै इलाम जान्छु भनेर गाडी चढ्न लागेका बेला बुवाआमाले भेट्टाएर फर्काएको उनले सुनाईन् । त्यस लगत्तै प्रहरीमा रिपोर्ट गरेपछि आफुले बलात्कारमा संलग्न शिक्षकलाई पक्राउ गरि अनुसन्धान मार्फत पुर्पक्षका लागि थुनामा पठाएको उनले बताइन् ।

    रञ्जुलाई ट्राफिक सचेतनासँगै नागरिकसँगको दुरी नजिक बनाउन मन पर्छ । प्रहरीलाई नागरिकले विश्वास गर्नुपर्छ अनि नागरिकलाई प्रहरीले विश्वस्त पार्न सक्नुपर्छ । यसै मान्यतालाई आत्मसाथ गर्दै उनले ट्राफिक नियम मिच्नेहरुको संख्या कम गर्नको लागि सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको बताइन् ।

    ranju kc।  .jpg
    ट्राफिक सचेतना र्यालीमा प्रहरी निरीक्षक रञ्जु

    उनको नेतृत्वमा सेवाग्राहीहरुलाई झञ्जटिलो नहोस् भनेर अस्थाइ ट्राफिक पोष्ट लुम्बिनी र मंगलापुर प्रहरी चौकीमा २ थान ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टिभिआरएस) जडान गरिएको छ । प्राविधिक रुपमा पेपरलेस (बिल नकाट्ने) प्रयोजनका लागि उक्त सेवा सुचारु गरिएको रञ्जुले बताइन् । २ वटा स्थानबाट सुरु भएको यो सिस्टमलाई सबै पोष्टहरुमा व्यवस्थापन गर्ने उनको सोँच छ ।

    पछिल्लो क्रममा रुपन्देहीमा ठुला किसिमका दुर्घटनाका घटनामा कमि आएको रञ्जु बताउँछिन् । उनले भनिन्, ‘हरेक स–साना घटनाहरु समेत डिजिटल रेकर्डमा राखिने भएका कारण संख्यामा धेरै देखिएको देखिएको छ ।’

    बर्षमा दुई हजार २१० वटा ट्राफिक सचेतनाका कार्यक्रम सञ्चालन

    सडक दुर्घटना र यसबाट क्षती कम गर्न आर्थिक बर्ष २०८१/०८२ मा दुई हजार २१० वटा ट्राफिक सचेतनाका कक्षाहरु जिल्ला ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको छ । त्यस्ता सचेतना कक्षा र अन्तरक्रियाहरु विद्यालय, यातायात व्यवसायी र सवारीचालकहरुको माझमा चलाइएको उनले बताइन् । आर्थिक बर्षमा ट्राफिक प्रहरीसँग २ मिनट र विभिन्न स्थानहरुमा एक सय बढि ट्राफिक सचेतना सम्बन्धि सडक नाटक प्रदर्शन गरेको उनले सुनाईन् ।

    रुपन्देही ट्राफिकको नेतृत्व गर्दैगर्दा विभिन्न समस्याहरु समेत अनुभुति गरेकी छन् । सडकमा यत्रतत्र हुने सवारी साधन पार्किङ्ग, इ-रिक्साको अव्यवस्थित आवत जावत र ओभरलोड ट्राफिक व्यवस्थापनका मुख्य चुनौति रहेको उनको भनाई छ । समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय र सिद्धार्थनगर नगरपालिकासँगको सहकार्यमा अन्य पालिकाका ई– रिक्सा लाई नगर प्रवेश गर्न नदिनेसम्मको सहमति गराएपनि पछि अन्य पालिकाले विरोध जनाएपछि कार्यान्वयनमा आउन नसकेको उनी बताउँछिन् ।

     आफै अनियन्त्रित भएर हुने दुर्घटनाको संख्या बढिरहेको बताउँदै उनले जिल्लाको तिलोत्तमास्थित मणिग्राममा राडरसहितको अटोमेटिक नम्बर प्लेट रिकोग्नेसन क्यामरा (एएनपिआर) जडान गरिएको जानकारी दिईन । जसबाट ओभर स्पिड र अन्य ट्राफिक नियम उल्लङ्घनको जानकारी पाउन कार्यालयलाई सहजता भएको उनले बताइन् ।

    नियम उल्लङ्घन तथा दुर्घटना न्यूनिकरण ट्राफिक प्रहरीको मुख्य काम रहेको बताउने उनले यसको लागि ’क्विक रेस्पोन्स टिम’लाई प्रभावकारी बनाउने र त्यसलाई जिल्ला, इलाका, चौकी लगाएत सवै पोष्टहरुको पहुँचमा पुर्याउने उनको सोँच छ । यसमा राज्यले समेत ध्यान जान जरुरी रहेको उनी बताउँछिन् ।

    ५० हजार सवारी साधनलाई कारवाही, ६ करोड ८ लाख राजश्व संकलन

    जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीले आर्थिक बर्ष २०८१/०८२ मा ५० हजार ४४१ सवारी साधनलाई कारवाही गरेको छ । जसबाट ६ करोड ८ लाख ४९ हजार रूपैयाँ राजश्व संकलन भएको छ । 

    प्रहरी निरीक्षक रञ्जुका अनुसार सवारी चालकले ट्राफिक नियम पालना गर्नु भनेको उ निस्फिक्री र भयरहित वातावरणमा ड्राइभ गर्न पाउनु पनि हो । ‘त्यति हुँदाहुँदै हामीले कानुन मिच्नेलाई कठोरताका साथ कारवाही अघि बढाएका छौं' उनले भनिन् ।

    प्राप्त तथ्यांक अनुसार आर्थिक बर्ष २०८१/०८२ मा मात्र तीव्र गति नियन्त्रणको क्रममा मात्रै ६ हजार ११४ सवारी साधनमाथि कारबाही भएको छ  । जसबाट ३१ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको देखिन्छ ।

    जिल्ला ट्राफिक कार्यालय भैरहवाले यातायात व्यवस्था कार्यालयसँग मिलेर संयुक्त रूपमा सञ्चालन गरेको चेकिङ अभियानमा समेत सवारी साधनले कानुन मिचेको पाइएको छ । उक्त अभियानबाट केही कर नतिरी सञ्चालनमा रहेका सवारीले जरिवाना तिरेर सवारी कर दाखिला गरे भने केही सवारी साधन अहिलेपनि होल्डमा छन् ।’

    त्यसैगरी रञ्जुको पहलमा जिल्ला ट्राफिक कार्यालयले कार्यालय भवन रहेको जग्गाको लालपुर्जा समेत प्राप्त गरेको छ ।

    ranju kc at office .jpg
     जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा प्रहरी निरीक्षक रञ्जु

    ट्राफिक व्यवस्थापनको लागि ओभरलोडको समस्या जटिल भएको बताउने उनले बेलाबेलामा आउने राजनीतिक थ्रेट र दवावले पनि समस्या निम्त्याउने गरेको बताइन् । ‘जनप्रतिनीधि र नेता ज्यूहरुले आफ्नो काम र भुमिका निर्वाह गर्ने, पुलिसले पुलिसकै काम गर्ने हो, तर नीति नियम मिचेर अनावश्यक रुपमा गरिने हस्तक्षपले कार्य सम्पादनमा समस्या हुने गरेको छ' । उनले भनिन्, ‘नेता ज्यूहरुले सकेसम्म आफ्नो समुदाय र एरियामा चेकिङ्ग नगरिदिए हुन्थ्यो भन्ठान्नुहुन्छ, त्यो सोँच विल्कुल गलत छ । त्यस्तो सोँचलाई अब परिवर्तन गर्न आवश्यक छ ।’

    आफुले गरेको कामप्रति ईमान्दारिता आवश्यक ठान्ने रञ्जु बुवाले सम्मानजनक पेशा भनेर औंल्याएको प्रहरी सेवामा आफुले अझै धेरै गर्न बाँकी रहेको बताउँछिन् । उनले भनिन्, ‘प्रहरीमा नआएको भए सायद नेपाल राष्ट्र बैङ्कमा प्रवेश गर्थे होला । अब यता लागियो, यसमै राम्रो गर्दै जाने हो ।’ उनले ट्राफिक व्यवस्थापनलाई थप डिजिटल बनाउँदै लैजानुपर्ने र  कर जरिवाना लगायतका विषयहरु नागरिकको पहुँचमा पुर्याइनुपर्ने तथा घर तथा स्पटबाटै त्यसको भुक्तानी गर्ने व्यवस्था मिलाइनुपर्ने बताईन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।