बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर औंलामा दुर्घटना हुँदा एक महिला र तीन पुरुषको मृत्यु भएको हो । भने अन्य ५ जना घाईते भएका छन् ।
घाइतेलाई बेनी अस्पतालबाट थप उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
निलगिरी यातायात प्रालिको जिप सडकबाट करिब तीन सय मिटर तल खोल्सामा खसेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology