देवदह । रुपन्देहीको देवदहबाट कक्षा १२ को परिक्षामा ६४.१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । कुल १०२५ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा जम्मा ६५७ जना विद्यार्थी उत्तिर्ण भएका हुन् ।
परिक्षामा सहभागी भएका मध्ये सामुदायिक विद्यालयबाट ५४.६६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । कुल ४९४ जना सहभागी भएको मध्ये २७० जना विद्यार्थी उत्तिर्ण भएको देवदह नगरपालिकाका नगर शिक्षा अधिकृत परशुराम ढकालले जानकारी दिए ।
यसैगरी संस्थागत विद्यालयबाट ७२.८८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको ढकालले बताए । ढकालका अनुसार संस्थागतबाट कुल ५३१ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा ३८७ जना उत्तिर्ण भएका हुन् । सोमवार साँझ सार्वजनिक भएको कक्षा १२ को परिक्षामा सामुदायिक तर्फ भविष्य निर्माण मावि देवदह २ ले ३.९४ जिपिए सहित उत्कृष्ट नतिजा ल्याएको छ ।
भविष्य निर्माणबाट ८६.११ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको विद्यालयले जनाएको छ । जसमा ३.६ देखि ४ जिपिए ल्याउने ४ जना, ३.२ देखि ३.६ ल्याउने ७ जना, २.८ देखि ३.२ ल्याउने १३ जना र २.४ देखि २.८ ल्याउने ७ जना रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द भुषालले जानकारी दिएका छन् । परिक्षामा सहभागी ३६ जना मध्ये ३१ जना उत्तिर्ण भएको विद्यालयले जनाएको छ । भविष्य निर्माणका सन्देह गोतामेले ३.९४ जिपिए ल्याएर सामुदायिक तर्फ नगर प्रथम हुन सफल भएका छन् भने विद्यार्थी कृति ढकालले ३.८० र हेमा कुमारी चौधरीले ३.७५ जिपिए प्राप्त गरेका छन् ।
यसैगरी खड्ग मावि देवदह १ बाट २० जना परिक्षामा सहभागी भएकोमा १५ जना ग्रेडेड भएको विद्यालयका प्रधानाध्यापक बाबुराम बस्नेतले जानकारी दिएका छन् । खड्गबाट ७५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन् । विद्यालयबाट ३.६ देखि ४ जिपिए ल्याउने ७ जना र २ देखि २.९५ सम्म ल्याउने ८ जना रहेको विद्यालयले जनाएको छ । खड्गबाट सरिता बानियाले ले ३.२६, अञ्जली तेली गुप्ता र शकुन्तला केवट ले समान ३.१३ तथा पबित्रा केवट र रञ्जना गुप्ताले समान ३.१० ग्रेड ल्याउन सफल भएको प्रअ बस्नेतले बताए ।
यस्तै महामाया भवानी मावि देवदह ४ बाट ६७ जना परिक्षामा सहभागी भएको मध्ये ४८ जना उत्तिर्ण भएको विद्यालयले जनाएको छ । कुल ७१.६४ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको महामायाबाट विद्यार्थी करिष्मा पाण्डेले ३.७२, कृतिका ढकालले ३.६४ र राहुल सुनारले ३.६१ जिपिए ल्याएका छन् ।
महामायाबाट ३.६ देखि ४ जिपिए ल्याउने ४ जना ३.२ देखि ३.६ ल्याउने १५ जना, २.८ देखि ३.२ ल्याउने १७ जना, २.४ देखि २.८ ल्याउने १२ जना रहेको विद्यालयका प्रअ ऋषिश्वर अर्यालले जानकारी दिए ।
यसैगरी देवदह मावि बाट ४३ जना परिक्षामा सहभागी मध्ये २७ जना उत्तिर्ण भएको विद्यालयले जनाएको छ । ६२.७९ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको देवदहबाट ३.२ देखि ३.६ ल्याउने ४ जना, २.८ देखि ३.२ ल्याउने १५ जना, २.४ देखि २.८ ल्याउने ८ जना रहेकोे विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पाण्डेले जानकारी दिए । विद्यालयका पार्वती राईले ३.४४, धनकुमारी विकले ३.२७ र सरीता भट्टराईले ३.२३ जिपिए ल्याएका छन् ।
रोचक प्रशंग के छ भने देवदह माविबाट कक्षा १२ को परिक्षा दिएका ७ जना आमाहरुमध्ये ६ जना उत्तिर्ण भएका छन् । उत्तिर्ण मध्ये सुशिला भुर्तेल अर्यालले ३.२२, देवु भट्टराईले ३.०१, मरियम विकले २.९८, राधा घिमिरेले २.९४, जीत कुमारी रानाले २.७२ र फुलमाया श्रीसले २.७१ जिपिए सहित कक्षा १२ उत्तिर्ण गरेका छन् ।
त्यस्तै केरवानी मावि देवदह ५ ले ६१.५३ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको छ । केरवानीबाट कक्षा १२ को परिक्षामा सहभागी १५६ जना मध्ये ९६ जना उत्तिर्ण भएको विद्यालयले जनाएको छ ।
साधारण र प्राविधिक तर्फ परिक्षामा सहभागी गराएको केरवानीबाट साधारण तर्फ १४२ जनामध्ये ८५ जना उत्तिर्ण भएका छन् । जसको उत्तिर्ण प्रतिशत ५९.८६ हो । त्यस्तै प्राविधिक तर्फ १४ जना सहभागी मध्ये ११ जना अर्थात ७८.५७ प्रतिशत उत्तिर्ण भएको विद्यालयका प्रधानाध्यापक निर्मल ढुङ्गानाले जानकारी दिएका छन् । केरवानीबाट पुष्पा लुइटेलले सबैभन्दा बढि ३.७२, संस्कृति घर्तीले ३.६८ र प्रतिमा चापागाईले ३.६३ जिपिए ल्याएका छन् ।
विद्यालयबाट ३.६ देखि ४ जिपिए ल्याउने ३ जना, ३.२ देखि ३.६ ल्याउने २१ जना, २.८ देखि ३.२ ल्याउने ३१ जना, २.४ देखि २.८ ल्याउने ३७ जना, २.० देखि २.४ जिपिए ल्याउने ४ जना रहेको प्रअ ढुङ्गानाले जानकारी दिए ।
यसैगरी सिक्टहन मावि देवदह १२ बाट २६ जनाले कक्षा १२ को परिक्षा दिएकोमा १४ जना ग्रेड उत्तिर्ण भएका छन् । ५३.८५ प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएको सिक्टनबाट प्रिती यादव ३.३६, रिना मल्लाह ३.१९ र अनिसा भरले ३.१३ जिपिए ल्याएर उत्तिर्ण भएको विद्यालयले जनाएको छ । परिक्षामा सहभागी मध्ये ३.२ देखि ३.६ ल्याउने १ जना, २.८ देखि ३.२ ल्याउने ५ जना र २.४ देखि २.८ जिपिए ल्याउने ८ जना रहेको विद्यालयका प्रधानाध्यापक दिनेश त्रिपाठीले जानकारी दिए ।
यस्तै सीता मावि देवदह १० बाट ५६ जना विद्यार्थी मध्ये १७ जना विद्यार्थी उत्तिर्ण भएको विद्यालयले जनाएको छ । उत्तिर्ण प्रतिशत ३०.३६ रहेको सीता माविबाट समिक्षा सिंजालीले ३.५३, गणेश विश्वकर्मा ३.३३ र रिमा पुन ३.१८ जिपिए ल्याएका छन् ।
विद्यालयका उत्तिर्ण विद्यार्थी मध्ये ३.२ देखि ३.६ सम्म ल्याउने २ जना, २.८ देखि ३.२ ल्याउने ५ जना, २.४ देखि २.८ ल्याउने ९ जना र २ देखि २.४ ल्याउने १ जना रहेको सहायक प्रधानाध्यापक पुरुषोत्तम ज्ञवालीले जानकारी दिएका छन् ।
त्यसैगरी जनप्रिय मावि देवदह १० बाट २७.९१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । परिक्षामा सहभागी ४३ जना परिक्षार्थी मध्ये १२ जना उत्तिर्ण भएका हुन् । जसमा ३.२ देखि ३.६ ल्याउने १ जना, २.८ देखि ३.२ ल्याउने ६ जना, २.४ देखि २.८ ल्याउने ४ जना र २.० देखि २.४ जिपिए ल्याउने १ जना रहेको विद्यालयका शिक्षक श्याम थापाले जानकारी दिएका छन् । जनप्रियका समिर घर्तीले ३.२७, सुजिना थारुले ३.११ र कृति थारुले ३.१० जिपिए ल्याएको विद्यालयले जनाएको छ ।
यस्तैगरी प्रगति मावि देवदहबाट कक्षा १२ को परिक्षामा सहभागी ४७ जना मध्ये १० जना अर्थात २१.२८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । प्रगतिका प्रतिमा कुमारी चौधरीले ३.०९, सुविदा रानाले ३.०७ र अंसीका हरिजनले २.८३ जिपिए प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक पार्वती घर्तीले जानकारी दिईन् । प्रगतिबाट परिक्षामा सहभागी मध्ये २.८ देखि ३.२ सम्म ल्याउने ४ जना र २.४ देखि २.८ सम्म ल्याउने ४ जना र २.० देखि २.४ जिपिए ल्याउने २ जना रहेको विद्यालयले जनाएको छ ।
यता संस्थागत तर्फ सेभेनस्टार ई बो स्कुलबाट ९५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । सेभेनस्टारबाट ४० जना कक्षा १२ को परिक्षामा सहभागी भएकोमा ३८ जना उत्तिर्ण भएका हुन् ।
जसमा फुलकुमारी थारुले ३.६६, विराज थापाले ३.६१ र कृष्ण गाहा मगरले ३.५१ जिपिए ल्याएको विद्यालयका प्रिन्सिपल टिकाराम चापागाईले जानकारी दिए । सेभेनस्टार बाट उत्तिर्ण विद्यार्थीमध्ये ३.६ देखि ४ जिपिए ल्याउने २ जना, ३.२ देखि ३.६ ल्याउने १६ जना, २.८ देखि ३.२ सम्म ल्याउने १५ जना र २.४ देखि २.८ सम्म ल्याउने ५ जना रहेको विद्यालयले जनाएको छ ।
संस्थागत तर्फको सगरमाथा आवासिय मावि देवदह ७ बाट १७७ जना परिक्षामा सहभागी भएको मध्ये १४४ जना अर्थात ८१.३६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । सगरमाथाबाट ३.६ देखि ४ जिपिए ल्याउने ८ जना ३.२ देखि ३.६ ल्याउने ४६ जना, २.८ देखि ३.२ ल्याउने ५१ जना, २.४ देखि २.८ ल्याउने ३९ जना रहेको विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद पौडेलले जानकारी दिए । सगरमाथाका विवेक भण्डारीले ३.७५, निषेध अदैले ३.७३ र पुर्णिमा पाण्डेले ३.७१ जिपिए सहित उत्तिर्ण भएको प्रिन्सिपल पौडेलले बताए ।
यसैगरी बुद्ध पब्लिक इङ्गलिस बोर्डिङ स्कुल ले कक्षा १२ को परिक्षामा ७०.२३ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको छ । परिक्षामा सहभागी १३१ जना विद्यार्थी मध्ये ९२ जना उत्तिर्ण भएको प्रिन्सिपल कृष्णप्रसाद गैरेले जानकारी दिए । बुद्धपब्लिकका अंकित घिमिरेले ३.८१, सुजन श्रेष्ठले ३.७७ र निरमा थापाले ३.७३ जिपिए ल्याएको विद्यालयले जनाएको छ । विद्यातयका उत्तिर्ण विद्यार्थी मध्ये ३.६ देखि ४ जिपिए ल्याउने ५ जना, ३.२ देखि ३.६ ल्याउने २३ जना, २.८ देखि ३.२ ल्याउने ४८ जना र २.४ देखि २.८ ल्याउने विद्यार्थी संख्या १६ जना रहेको प्रिन्सिपल गैरेले बताए ।
त्यसैगरी ग्रीनप्लान्ट ई बो स्कुलबाट १८३ जना परिक्षामा सहभागी मध्ये ११३ जना विद्यार्थी उत्तिर्ण भएका छन् । ६१.७५ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको ग्रीनप्लान्टबाट स्वस्तिका गोतामेले ३.९५ जिपिए प्राप्त गरी देवदह प्रथम हुन सफल भएकी छन् । विद्यालयका नवराज अधिकारीले ३.८७ र नमुना गैरेले ३.८० जिपिए प्राप्त गरेका छन् ।
ग्रीनप्लान्टका उत्तिर्ण विद्यार्थीमध्ये ३.६ देखि ४ जिपिए ल्याउने ११ जना ३.२ देखि ३.६ ल्याउने २९ जना, २.८ देखि ३.२ ल्याउने ४१ जना र २.४ देखि २.८ ल्याउने ३२ जना रहेको विद्यालयका प्रिन्सिपल राजिव सापकोटाले जानकारी दिए ।
कक्षा १२ को परिक्षामा नियमित तर्फ देशभरबाट ३ लाख ९६ हजार ३४७ जना विद्यार्थी सहभागी भएकोमा २ लाख ४२ हजार ४६५ जना विद्यार्थी उत्तिर्ण भए । जुन ६१.१७ प्रतिशत हुन आउँछ । राष्ट्रिय तथ्याङ्ककसँग तुलना गर्दा देवदहको नतिजा औषत भन्दा २.९३ प्रतिशतले माथि देखिन्छ । तर देवदहबाट अघिल्लो बर्ष ६७.६९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । गतबर्षको भन्दा यो पटक कुल नतिजामा ३.५ प्रतिशत घटेको तथ्याङ्कले देखाएको छ । यसले देवदहका विद्यालयहरुले शैक्षिक गुणस्तर सुधारमा थप मेहनत गर्नुपर्ने देखाएको छ ।
अर्कोतर्फ गत बर्षको तुलनामा यस बर्ष परिक्षामा सहभागी विद्यार्थी संख्यामा भने बृद्धि भएको देखिन्छ । गतबर्ष कक्षा १२ को परिक्षामा देवदहबाट ९६५ जना विद्यार्थीले सहभागिता जनाएका थिए । जसमध्ये ६४६ जना विद्यार्थी उत्तिर्ण भएको तथ्याङ्कमा उल्लेख छ । यो बर्ष अघिल्लो बर्ष भन्दा ६० जना बढि विद्यार्थीले परिक्षामा सहभागिता जनाए । संख्यात्मक हिसावले हेर्दा यसलाई सुखद मान्न सकिएता पनि आगामी बर्षमा समेत विद्यार्थी संख्या बृद्धि गर्न तथा यसलाई कायम राख्ने विद्यालयहरु सामु अर्को चुनौती थपिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology