Logo

२०८३, श्रावण २७गते


images
images

नारायणगढ-बुटवल सडक

नारायणगढ-बुटवल सडक निर्माणको भौतिक प्रगति ७० प्रतिशत

नारायणगढ-बुटवल सडक निर्माणको भौतिक प्रगति ७० प्रतिशत

images
  • नारायणगढ-बुटवल सडक निर्माणको भौतिक प्रगति ७० प्रतिशत
    images
    images

    बुटवल । नारायणगढ-बुटवल सडक निर्माणको सरदार भौतिक प्रगति ७० प्रतिशत रहेको छ । नारायणगढ–बुटवल सडक योजनाका अनुसार सडकको कुल ११३.५३ किलोमिटर लम्बाई मध्ये हाल कालोपत्रे र ढलान गरेको सडक गरि कुल ९९.८५ किलोमिटर अर्थात झण्डै १०० किलोमिटर पक्की सडक निर्माण सम्पन्न भइसकेको छ ।

    images
    images
    images

    योजनाले कुल लम्बाईको झण्डै ८८ प्रतिशत पक्की सडक निर्माण सम्पन्न भइसकेको छ भने मुख्यतः दाउन्ने र घोडाहा क्षेत्रको केही भागमा सडक कालोपत्रे हुन बाँकी रहेको जानकारी दिएको छ । हाल बर्षाको समय भएता पनि मौसमले साथ दिईरहेको कारण दाउन्ने क्षेत्रमा ढलानको कार्य तिब्र गतिमा भइरहेको सडक योजनाले जनाएको छ  ।

    images
    images
    images

    यसैबीच यस सडक खण्डको म्याद अन्तिम पटक एक वर्षको लागि थप गरिएको छ । २०८२ साउन ८ गते सकिएको म्याद एक वर्ष थप गरी ०८३ साउन ७ गतेसम्मलाई थप गरिएको हो । 

    images
    images
    images

    नारायणगढ–बुटवल सडक योजनाले यसलाई अन्तिम पटक भनेको छ । अब २०८३ को साउन ७ गतेसम्म काम सम्पन्न गर्नुपर्ने अन्तिम समय तोकिएको छ । ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले एक वर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएको सडक योजनाले जानकारी दिएको छ । 

    यस सडक खण्डको सुरु ठेक्का सम्झौताअनुसार यो सडक खण्ड २०७९ साउनमै सम्पन्न भइसक्नुपर्ने थियो । तर, अहिलेसम्म पनि सडकको निर्माण सम्पन्न नहुदा हरेक दिन लाखौं यात्रुले सास्ती बेहोर्नु परेको छ । यो सहित सरकारले यस सडकखण्ड निर्माणको म्याद चौथो पटक थपेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।