Logo

२०८३, श्रावण २७गते


images
images

सिद्धार्थ राजमार्ग

सिद्धबाबामा ढुङ्गा खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

सिद्धबाबामा ढुङ्गा खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

images
  • सिद्धबाबामा ढुङ्गा खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध
    images
    images

    बुटवल । पाल्पाको सिद्धबाबा क्षेत्रमा सोमवार बिहान ढुङ्गा खसेपछि सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । निरन्तर परेको वर्षाका कारण सिद्धबाबाको तीन स्थानमा ढुङ्गा खसेको हो, जसले गर्दा सडक यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    images
    images
    images

    सडक बन्द भएपछि पाल्पाबाट बुटवलतर्फ आउन खोजेका सवारी साधनलाई दोभानमा र बुटवलबाट पाल्पातर्फ जान लागेका सवारीलाई गोलपार्कमै रोकिएको छ ।

    images
    images
    images

    दोभान प्रहरी चौकीका इन्चार्ज सही रोमबहादुर केसीका अनुसार पानी रोकिएपछि मात्र जेसीबी प्रयोग गरेर ढुङ्गा हटाउने काम अघि बढाइनेछ ।

    images
    images
    images

    निरन्तर वर्षाले पहिरोको जोखिम अझै कायमै रहेको छ । अत्यावश्यक अवस्थामा वाहेक यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।