Logo

२०८३, श्रावण २७गते


images
images

हायु परिवार

घर बनाइदिने वडाअध्यक्षको प्रतिबद्धता पछि हायु परिवार सिन्धुली फर्कन तयार

घर बनाइदिने वडाअध्यक्षको प्रतिबद्धता पछि हायु परिवार सिन्धुली फर्कन तयार

images
  • घर बनाइदिने वडाअध्यक्षको प्रतिबद्धता पछि हायु परिवार सिन्धुली फर्कन तयार
    images
    images

    सिन्धुली । पोखरा पुगेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का उर्मिला हायुको परिवार फर्किन तयार भएको छ ।  वडाध्यक्ष रविन्द्र श्रेष्ठले हायु परिवार सिन्धुली फर्किन तयार भएको जानकारी दिएका छन् । 

    images
    images
    images

    साउन १२ गते सोमबार बिहान स्थानीयले हायु परिवार बेपत्ता भएको खबर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेपछि प्रहरीले खोजी गर्दा सोहि दिन राती पोखराको गगनगौँडामा उनीहरुलाई फेला परेको थियो ।

    images
    images
    images

    यसअघि वडा अध्यक्ष श्रेष्ठसहितका जनप्रतिनि गगनगौँडा पुगेर उर्मिला हायुको परिवारलाई भेट गरेपनि उनीहरु फर्किन मानेका थिएनन् । वडा अध्यक्षसहितको टोलीले पोखरा जस्तो महँगो ठाउमा बस्न गाह्रो हुने भन्दै  स्थानीय र संघीय सांसदले समेत सहयोग गर्ने भएकाले फर्किन आग्रह गरेका थिए । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास विप्पर कटेरीबाट घर अलपत्र छोडेर हायु परिवार पोखरा पुगेको थियो । 

    images
    images
    images

    वडा अध्यक्ष श्रेष्ठले छुट्टै स्थानमा घर बनाइदिने र वडाले नै शिक्षा, स्वास्थ्य र  रोजगारीको व्यवस्था गर्ने बताएका छन् । हायु परिवारले सो स्थानमा आफुहरुको स्वास्थ्य राम्रो नभएको, बच्चाहरु विरामी भइरहेको, खेतीपातीबाट हुने उब्जनीले तीन महिना पनि खान नपुग्ने अवस्था रहेकोले सो स्थान छोडेको बताएका थिए ।



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हायु परिवार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।