Logo

२०८३, श्रावण २७गते


images
images

स्थानीय जनप्रतिनिधिले हायु परिवारलाई भेटे : सिन्धुली फर्किन आग्रह

स्थानीय जनप्रतिनिधिले हायु परिवारलाई भेटे : सिन्धुली फर्किन आग्रह

images
  • स्थानीय जनप्रतिनिधिले हायु परिवारलाई भेटे : सिन्धुली फर्किन आग्रह
    images
    images

    काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ का वडाध्यक्षसहितको टोलीले पोखरा पुगेर उर्मिला हायुको परिवारलाई भेट गरेको छ । बुधबार वडा अध्यक्ष सहितको टोलीले हायु परिवारलाई भेट गरेर सिन्धुली फर्किन आग्रह गरेको अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

    images
    images
    images

    वडा अध्यक्षसहितको टोलीले पोखरा जस्तो महँगो ठाउमा बस्न गाह्रो हुने भन्दै  स्थानीय र संघीय सांसदले समेत सहयोग गर्ने भएकाले फर्किन आग्रह गरको बताएका छन् ।

    images
    images
    images

    गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास विप्पर कटेरीबाट ६ दिनअघि घर अलपत्र छोडेर हायु परिवार पोखरा पुगेको थियो । हायु परिवार सोमबार राति मात्र पोखराको गगनगौडामा डेरा गरि बसेको अवस्थामा भेटिएको थियो।

    images
    images
    images

    वडा अध्यक्ष श्रेष्ठले छुट्टै स्थानमा घर बनाइदिने र वडाले नै शिक्षा, स्वास्थ्य र  रोजगारीको व्यवस्था गर्ने बताए पनि उर्मिला हायुले फर्किन नमानेको बताएका छन् । उनले छोरा छोरीले माने पनि आमाले नमानेको बताए ।

    हायु परिवारले सो स्थानमा आफुहरुको स्वास्थ्य राम्रो नभएको, बच्चाहरु विरामी भइरहेको, खेतीपातीबाट हुने उब्जनीले तीन महिना पनि खान नपुग्ने अवस्था रहेकोले सो स्थान छोडेको बताएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हायु परिवार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।