Logo

२०८३, श्रावण २७गते


images
images

नेपाली काँग्रेस गुल्मीको अधिवेशन फेरि गर्न माग

नेपाली काँग्रेस गुल्मीको अधिवेशन फेरि गर्न माग

images
  • सेतोमसी सहकर्मी
  • नेपाली काँग्रेस गुल्मीको अधिवेशन फेरि गर्न माग
    images
    images

     कृष्ण अन्जान, गुल्मी ।  काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन:मतदान गर्न देउवा पक्षले माग गरेको छ । आइतबार बिहान पत्रकार सम्मेलन गर्दै देउवा पक्षका जिल्ला सभापतिका उम्मेदवार बेद बहादुर थापा मगरले जिल्लाभरकै निर्वाचन प्रक्रिया स्थगित गरि पुन:मतदान गर्न माग गरेको हाे । 
        
       शनिबारदेखि सुरू भएको मतदान प्रक्रियामा सभापतिका अर्का उम्मेदवार खिलध्वज पन्थीले छापामार शैलिमा अधिवेशन गरेको थापाकाे आराेप छ । 
       
      पन्थी रामचन्द्र पाैडेल पक्षका उम्मेदवार हुन भने थापा शेरबहादुर देउवा पक्षका हुन् । स्थगित गरिएको निर्वाचन प्रक्रिया जबरजस्ती अगाडि बढाउन खाेजे आफुहरूले अवरुद्ध गर्ने समेत उनले चेतावनी दिए ।          

    images
    images
    images

       निर्वाचन प्रक्रियामा कम्तीमा तीन दिनअघि मतदातालाई जानकारी हुनुपर्ने भएपनि त्यसकाे ठिक विपरित पन्थीले मतपत्रमा संकेत गरेकाे थापाकाे भनाई छ ।
      नेपाली काँग्रेस गुल्मीका सबै अधिवेशनहरुमा अदृष्य प्यानलहरु देखा परेपनि यसरी सतहमै अाएर अाराेप लगाईएकाे याे पहिलाे पटक हाे ।
     गुट उपगुटका कारण प्रदेश प्रतिनिधि र महाअधिवेशन प्रतिनिधिमा नेपाली काँग्रेसका ठुला हस्तिहरुले पराजय भाेग्नु परेकाे चर्चा चलिरहँदा जिल्ला अधिवेशनमा एउटा गुटका उम्मेदवारले नै पत्रकार सम्मेलन गरेपछि नेपाली काँग्रेसकाे विवाद सतहमा अाएकाे छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।