नेपालमा शाह वंशको शासन सन् १७६८ मा पृथ्वीनारायण शाहद्वारा आधुनिक नेपालको एकीकरणबाट औपचारिक रूपमा सुरु भयो । करिब २४० वर्षसम्म शाह राजाहरूले नेपालको नेतृत्व गरे । यस अवधिमा राजालाई ‘देवत्व’को स्तरमा राख्ने परम्परा थियो, जसले गर्दा राजपरिवार आम नागरिकबाट धेरै टाढा रहन्थ्यो । जनताले राजा वा राजकुमारलाई ‘देवतुल्य’ मानेर सम्मान गर्नुपर्थ्यो, तर प्रत्यक्ष संवाद वा आलोचनाको अधिकार थिएन । राजदरबारसँगको सम्पर्क विशेष अवसरमा, विशेष व्यक्तिहरूमार्फत मात्र सम्भव हुन्थ्यो ।
दश बर्षे जनयुद्ध र २०६२–६३ को जनआन्दोलनपछि नेपालमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भयो । यसले देशमा केवल शासन प्रणाली परिवर्तन मात्र गरेन, सामाजिक संरचना, सोच र नागरिक चेतनामा पनि गहिरो परिवर्तन ल्यायो । राज परिवारका सदस्यहरु शाषकबाट आम नागरिकमा रुपान्तरण भए नारायणहिटी दरबारको शक्ति आम नागरिकको हातमा पुग्यो । तत्कालिन राजपरिवारका सदस्यलाई दिइने बिशेष सुविधा हटेपछि उनिहरु देशविदेश यात्रा गर्दा सामान्य नागरिक सरह नै यात्रा गर्न थाले ।
आज हामी यस्तो युगमा प्रवेश गरिरहेका छौं, जहाँ सत्ता र सम्मान वंशका आधारमा होइन, व्यवहार र योगदानका आधारमा आँकलन गरिन्छ । यही परिवेशमा, पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदेन्द्र शाहको सार्वजनिक जीवन र गतिविधिले लोकतन्त्रको मूल्य र महत्त्व कति गहिरो छ भन्ने कुराको सशक्त सन्देश दिन्छ ।
राजतन्त्रको समयमा हृदेन्द्र शाहजस्ता व्यक्ति विशेष पहिरनमा, सैनिक सुरक्षाकाबीच सीमित स्थानमा रहने, 'प्रजा'सँग प्रत्यक्ष सम्पर्क नराख्ने, आदेश दिने स्थानमा मात्र सीमित हुन्थे । त्यो समय उनीहरुलाई ‘भगवानको अवतार’को रूपमा चित्रित गरिन्थ्यो, जहाँ आलोचना, बहस वा खुला संवादको कुनै स्थान थिएन । तर आज, लोकतान्त्रिक शासन व्यवस्थाको कारण, हृदेन्द्र शाह र उनको परिवार सामान्य नागरिक सरह समाजमा जीवन बिताइरहेका छन् । उनी सामाजिक सञ्जालमा खुलेर आफ्ना विचार, अनुभव र जीवनशैली बाँडिरहेका छन्, जनसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै छन्, र देशका विभिन्न स्थानमा पुगेर सो स्थानको बारेमा बुझिरहेका छन् ।
हिमानी ट्रस्टको कार्यक्रममा आमा हिमानी शाहसंगै उनि पनि जुम्ला पुगेका थिए । संम्भवत सोही समयमा छायाङ्कन गरिएको दृश्य सामाग्री शाहले आफ्नो फेसबुक एकाउन्ट मार्फत सार्वजनिक गरे । दृश्यमा स्थानीय पञ्चकली बुढासंग हृदेन्द्रले गरेको संम्वाद निकै चर्चाको बिषय बन्यो । “पञ्चकलीले हृदेन्द्रलाई नेपाल कहिले सम्बृद्ध होला भनेर प्रश्न गरेकी छन, हृदेन्द्रले सबै मिल्यो भने हुन्छ होला भन्ने जवाफ फर्काउछन् ।” लोकतन्त्रमा निर्वाध सम्वाद गरिरहेकी पञ्चकलीको राजतन्त्रमा के हैसियत हुन्थ्यो होला ? महाराजको सामान्य रैती । के राजतन्त्रमा यस्तो संम्वाद संम्भव थियो त ? यो कल्पना भन्दा वाहिरको बिषय हो । राजतन्त्रमा पञ्चकलिहरु अटाउने र भेटिने कुनै स्थान नै थिएन तर लोकतन्त्रमा हृदेन्द्रहरु खुलम्मखुल्ला हिडिरहेका छन् । राजन्त्रमा पञ्चकलीहरु शिक्षा र स्वाथ्यको पहुँचभन्दा वाहिर थिए । बालविवाहको दुश्चक्रमा रुमल्लिरहेका थिए, रोग भोक र शोकको भुमरीमा फसेका थिए । आज सिधा प्रश्न गर्न सक्ने र आफ्नो ठाउँको वर्णन गर्न सक्ने स्थानमा पुगेका छन् । यो सबै लोकतन्त्रको उपलब्धिहरु हुन् । रातन्त्रमा नमिता सुनिताहरु बलात्कार पश्चात हत्या गरेर दरबारिया फस्ने भएपछि फाइल बन्द गरिन्थे । जुम्लामा भोकमरी थियो नारायणहिटीले विदेशीलाई चामल बेच्थ्यो ।
हृदेन्द्रको जुम्ला भ्लगलाई केहीले राजनिति भन्दा पर राखेर हेरे भने केहीले बेबी किङ्गको रुपमा ब्राण्डिङ प्रयासका रुपमा ब्याख्या गरे । २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनास भएपछि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले बेबी किङ्गको प्रस्ताव राखेका थिए तर दरबारले उनको कुरा मानेन । राजदरबार हत्याकाण्डमा शंकाको सुई ज्ञानेन्द्र शाह तर्फ सोझिएको र उनि जनता माझ पनि खासै लोकप्रिय नभएका कारण पारसका छोरा हृदेन्द्रलाई राजा बनाउँदा ठिक हुने उनको बुझाइ थियो । संघीय लोकतान्त्रिक गणतन्त्र व्यवहारत लागु भएपछि यो धारणा स्तह हराएर गयो ।
पछिल्लो समय यता पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुले उनलाई शासकको रुपमा परिचित गराउन खोजिरहेको देखिन्छ । मन्दिर दर्शन र पारिवारीक कार्यक्रमहरुमा दिइने विशेष स्थानले पनि उनलाई शासकको रुपमा उभ्याउन लागिएको संकेत भएको राजावादीहरुको बुझाई छ । ज्ञानेन्द्रलाई बुढ्यौलीले छोएको, पारस शाहको चारित्रिक अवस्था अगतिलो आदि कारणले राजावादीलाई हृदेन्द्र राजाको रुपमा फर्केर जुठोपुरो खुवाई पो हाल्छन कि भन्ने आशा छ । तर उनले भने मुख खोलेका छैनन्, हजुरबुवा र आमाको पछि लागेर हिंड्ने वाहेक खास वैयक्तिक सक्रियता छैन ।
लोकतन्त्रमा विश्वास गर्ने संसारभरका पूर्व शाही परिवारका सदस्यहरूको उदाहरण धेरै छन्, जसले राजतन्त्र समाप्त भइसकेपछि पनि लोकतान्त्रिक मूल्यप्रति आस्था राख्दै सार्वजनिक जीवनमा सक्रिय भूमिका खेलेका छन् । उनीहरूले न त राजतन्त्र फर्काउने प्रयास गरे, न त तानाशाहीको समर्थन गरे ।बरु लोकतन्त्रलाई आत्मसात् गरे ।
अमेरिका जस्तो विकसित राष्ट्रमा शिक्षा हासिल गरेका हृदेन्द्रले जुम्लाको जस्तो दुर्गम ठाउँमा पुगेर त्यहाँको जीवनशैलीमाथि ब्लग बनाउनु, संवाद गर्नुले शाहले पनि आम नागरिकको जीवन जीउन चाहान्छन भन्ने पुष्टी हुन्छ । यसले उनलाई राजपरिवाले सदियौँ शासन गरेर सधैँ दुर्गम बनाइराखेको क्षेत्रको वास्तविकता बुझ्न मद्धत गरेको छ । अनि अर्कोतर्फ लोकतन्त्रको स्वतन्त्राले शाही परिवारलाई पनि स्वतन्त्राको श्वास फेर्ने अवसर दिएको भान हुन्छ । यसरी हेर्दा, लोकतन्त्र हृदेन्द्र शाहका लागि पनि एउटा वरदान साबित भएको छ । लोकतन्त्रले उनलाई परम्परागत शाही छविबाट मुक्त गरेर स्वतन्त्र युवा नागरिकको हैसियतमा प्रस्तुत हुन मद्दत गरिरहेको छ । उनले उपयोग गरिरहेको स्वतन्त्रता, जिज्ञासा र सामाजिक सम्पर्कको अधिकार राजतन्त्रमा कल्पना भन्दा वाहिरको बिषय थियो ।
लोकतन्त्रमा विश्वास गर्ने संसारभरका पूर्व शाही परिवारका सदस्यहरूको उदाहरण धेरै छन्, जसले राजतन्त्र समाप्त भइसकेपछि पनि लोकतान्त्रिक मूल्यप्रति आस्था राख्दै सार्वजनिक जीवनमा सक्रिय भूमिका खेलेका छन् । उनीहरूले न त राजतन्त्र फर्काउने प्रयास गरे, न त तानाशाहीको समर्थन गरे ।बरु लोकतन्त्रलाई आत्मसात् गरे ।
सन् १९४६ मा राजतन्त्र समाप्त भएपछि बुल्गेरिया राजा सिमेओन द्वितीय निर्वासित जीवन बिताएपछि लोकतन्त्रको माध्यमबाट राजनीतिमा फर्किए । सन् २००१ मा संसदीय निर्वाचनमा विजयी भई प्रधानमन्त्री बने । अहिले हजारौँ नेपालीको रोजगार गन्तव्य बनेको मुलुक रोमानिया सन् १९४७ मा राजतन्त्र समाप्त भयो । त्यहाँको राज परिवार लोकतान्त्रिक तवरले वैयक्तिक जीवन बाँचिरहेको छ ।
त्यसकारण लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । स्वतन्त्रता पूर्वक बाँच्ने इच्छा देखाइरहेका हृदेन्द्र शाहलाई फेरि राजा बनाउँछु भन्दै कुर्लनु देशको हितमा त छैन नै स्वयम हृदेन्द्रकै हितमा पनि छैन । उनलाई शासन सुम्पने सपना देख्नु भनेको स्वतन्त्र उडिरहेको चरालाई जवर्जस्ती पिंजडामा थुनेर गित गाउन लगानु जस्तै हो । २१ औँ शताब्दिमा सबै स्वतन्त्रता चाहान्छन स्वतन्त्रता लोकतन्त्रमा मात्रै संम्भव छ । देशको विभिन्न रमणीय स्थलको भ्रमण गरेर दृश्य सामाग्रीको माध्यमबाट पर्यटन प्रवर्द्धनमा लागे देशको अर्थतन्त्रमा योगदान पुग्ने देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology