गाउँका पहाडजस्तै अडिग बने म दृढ भावले
ढुङ्गामा लडे पनि हाँस्न सिके म त्यो घाउले ।
राजुका कठोर काडाँमा निखारियो विचारता
खहरेझैँ बगेर अघि बढ्न सिकेँ भयो निखारता ।।
जाल झेल गर्यो फटाहाले उठायो बिद्रोही मन
अन्याय विरुद्ध बोल्न सिके अब निडर वचन ।
भिरपाखामा लडेर पनि हिड्न सकुँ उभिएर
आगोले पोल्दा पनि हाँस्न सकुँ म चम्किएर ।।
गाउँका पखेराहरूले सन्देश दिए सुगन्धका
गरिब ती मनहरूले पाठ सिकाए स्नेहका ।
आमाको झल्को दिने त्यो माटोको छ स्पर्शमा,
मुटु मिचेर बाँचिन्छ जीवन कठिन परिवेशमा ।।
नदीको निरन्तरताले सिकायो पिरलाई सहेर
चोट खाँदा पनि अघि बढ्नु छ आफुलाई सम्हालेर ।
गाउँकै ती भुइँमा टेकेर हुर्किए म हिजो जहाँ थिए
त्यहि गाउका भिरपाखाहरुबाट शिक्षा लिदै अघि बढे ।।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology