काठमाडौं । सामाजिक सञ्जालमा चर्चित रहेका मुकुन्द घिमिरे अर्थात् मुकुन्देले इन्गेजमेन्ट गरेका छन् । शनिवार झापाकी इन्दिरा सङ्ग्रौलासँग उनले औँठी र फूलमाला साटासाट गरेका हुन् ।
कुनै बेला रत्नपार्कको पिपलको रुखमा चढेर भाषण गरेर चर्चामा आएका उनी सामाजिक सञ्जालमा सक्रिय र परिचित रहेका छन् । आम मानिस भन्दा आफू फरक व्यक्ति रहेको बताउने मुकुन्देले समृद्ध नेपाल बनाउने परिकल्पनाहरू सार्वजनिक गर्दै आएका छन् ।
उनले नेपालको पहाडमा रेल चलाउने, तराईमा हेलिकोप्टरबाट मल बिउ छर्ने समृद्ध नेपाल मुकुन्दल्याण्ड बनाउने बिचार प्रकट गर्दै आएका छन्
पछिल्ला केही महिनायता उनले मङ्सिरमा बिहे गर्ने भन्दै क्लब हाउस, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत केटी खोजिरहेको बताइरहेका थिए ।
मुकुन्दले इन्गेजमेन्टको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरे पनि बिहेको मितिबारे सार्वजनिक गरेका छैनन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology