काठमाडौँ । नेपाल प्रहरीको वेबसाइट अब बिना इन्टरनेट प्रयोग गर्न पाइने भएको छ । नेपाल प्रहरीले वेबसाइट तथा मोबाइल एप अब बिना इन्टरनेट पनि प्रयोग गर्न सकिने जानकारी दिएको हो ।
प्रहरीको डोमेन, उप डोमेनबाट सर्वसाधारणहरूलाई अनलाइन मार्फत प्रदान भइरहेको सेवाहरू एनटीसी र एनसेलबाट निःशुल्क उपभोग गर्न पाइने भएको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल आजियाटा लिमिटेड मार्फत शून्य ब्यालेन्समा समेत निःशुल्क सेवा उपयोग गर्न सकिने नेपाल प्रहरीले जानकारी दिएको छ । नागरिकको सुविधाको लागि यस्तो व्यवस्था गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology