काठमाडौँ । पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अनुसार २०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्रतिष्ठानमा प्राप्त भएकोमा यस अघि पहिलो चरणमा छानिएका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छानिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन् ।
उत्कृष्ट सूचीका परेका ५ पुस्तक
- छुदेन काविमोको आख्यान उरमाल
- रमेश भुसालको गैरआख्यान छालबाटो
- भवानी खतिवडाको नियात्रा प्रणाम सगरमाथा
- सरस्वती प्रतीक्षाको उपन्यास स्व
- तीर्थ गुरुङको उपन्यास हिउँको गीतअब
यस सूचीबाट निर्णायक मण्डलले पद्मश्री साहित्य पुरस्कार चयन गर्ने बताइएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक बर्ष पद्माश्री साहित्य पुरस्कार, पद्माश्री साधना सम्मान र पद्माश्री गौरव पुरस्कार गरी तीन विधामा साहित्य पुरस्कार प्रदान गर्ने गर्दछ । हरेक पुरस्कारको राशी तीन लाख नगद र सम्मान पत्र रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology