देवदह । नेपाल ब्युटी प्याराडाइज प्रालि को आयोजनामा ‘तीज क्विन’ देवदह २०८२ हुने भएको छ । यसअघि २ वटा संस्करण आयोजना गरिसकेको प्रालिले तेस्रो संस्करण स्वरुप तीज क्विन प्रतियोगिता गर्न लागेको हो ।
देवदहको खैरेनीमा बुधवार पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै कार्यक्रम संयोजक अन्जु श्रेष्ठले यहि साउन १७ गतेबाट सुरु भई भदौ पहिलो साता सम्पन्न गर्नेगरी कार्यक्रम गर्न लागेको जानकारी दिइन् । तीज नेपालीहरुको मौलिक पर्व भएको जनाउँदै श्रेष्ठले तडकभडक रहित ढंगले सरल पहिरनमा सजिनेगरी कार्यक्रम गर्न लागेको बताइन् । ‘विभिन्न व्युटी कन्टेष्टहरुमा सुन्दरतालाई प्रार्थमिकता दिइनेगरेको पाईन्छ । तर हामिले सुन्दरता मात्र नभएर लुकेर रहेको प्रतिभा प्रष्फुटन गर्न गइरहेका छौं ।’ उनले भनिन्, ‘त्यसैले हामिले प्रतियोगितामा मस्ट ट्यालेन्ट, पब्लिक च्वाइस, बेस्ट ड्रेस लगाएतका चरणहरु समावेश गरेका छौं ।’
४ वटा राउण्डमा सम्पन्न गरिने कार्यक्रममा ओपनिङ डान्स, परिचय राउन्ड, फेसन सो र फाइनल राउण्ड समावेश गरिएको छ । विभिन्न चरण पार गरेको फाईनल विजेताले १० हजार नगद सहित ‘तीज क्विन–२०८२’ को ताज पहिरिनेछन् । त्यसैगरी फस्ट रनर अप र सेकेन्ड रनर अप लाई जनही ७ हजार र पाँच हजार प्राप्त गरिने छ ।
यो वर्षको तीज क्विनको लागि १० जनाको आवेदन प्राप्त भएको छ । तीन क्विन २०८२ को कोरियोग्राफर सृष्टि शाक्य रहने छन् । उनले प्रतियोगिहरुलाई मोडलिङ के हो र स्टेजमा कसरी प्रस्तुत हुने भन्ने विषयमा जानकारी गराउने छन् ।
कुल ३ लाख ६५ हजार खर्च अनुमान गरिएको प्रतियोगितामा सहभागिहरुलाई प्रवेश शुल्क वापत पाँच सय रुपैंया र तालिम खर्चका लागि तीन हजार पाँच सय रुपैंया शुल्क तोकिएको छ । तीज क्विनको यस अघि सम्पन्न पहिलो संस्करण देवदहकी कमला अर्याल र दोश्रो संस्करणको उपाधि सृजना श्रेष्ठले हात पारेका थिए ।
यो सिजनको उपाधि विजेता लाई प्रोफेसनल मेकअप कोर्स प्रदान गर्ने आयोजकको तयारी छ । स्वेक्षा मेकओभरको सहकार्यमा गरिने कार्यक्रमको अवसरमा देवदह क्षेत्रका विभिन्न संघ संस्थाको नेतृत्व गरिरहेका महिला नेतृलाइ सम्मान समेत गरिने जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology