Logo

२०८३, आश्विन ९गते


images
images

न्यु नमुना स्कुलमा अर्धचेतन मस्तिष्कको शक्ति सम्बन्धी जेसीजको प्रशिक्षण

न्यु नमुना स्कुलमा अर्धचेतन मस्तिष्कको शक्ति सम्बन्धी जेसीजको प्रशिक्षण

images
  • न्यु नमुना स्कुलमा अर्धचेतन मस्तिष्कको शक्ति सम्बन्धी जेसीजको प्रशिक्षण
    images
    images

    देवदह । देवदह नगरपालिकाका  शैक्षिक संस्थाहरूमा ‘पावर अफ सबकन्सियस माइण्ड अर्थात् अर्धचेतन मस्तिष्कको शक्ति’ विषयमा देवदह जेसीजले प्रशिक्षण सञ्चालन गरेको छ ।

    images
    images
    images

    जेसीज सप्ताहअन्तर्गत बुधवार सम्पन्न छैठौं प्रशिक्षण नगरपालिकाको वडा नं ९ भलुहीस्थित न्यु नमूना इंलिश बोर्डिंङ्ग स्कुलमा संचालन गरिएको छ ।  प्रशिक्षणमा विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ६५ जना विद्यार्थी सहभागी रहेको जनाइएको छ ।

    images
    images
    images

    प्रशिक्षणको औपचारिक कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य चुडाबहादुर थापाले विद्यार्थीमा मेरो लागि अरूले होइन, मैले आफैँ गर्नुपर्छ भन्ने सोचको विकास हुनुपर्ने बताए । सकारात्मक सोचले युवा पुस्ताको सोच र योजना बनाउने क्षमतामा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै उनले यस प्रकारका तालिमले युवाहरूको क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    देवदह जेसीजका अध्यक्ष दीपक अधिकारीले युवाहरूको सोच सकारात्मक दिशातर्फ डोर्याउन सके विदेश पलायन घट्ने र देशका विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तन आउने बताए ।

    उनले भने, “हाम्रो मस्तिष्कको झन्डै ९० प्रतिशत भाग अर्धचेतन अवस्थामा रहन्छ, जुन निकै शक्तिशाली हुन्छ । हामी चेतन भागको मात्र १० प्रतिशत मस्तिष्क प्रयोग गरिरहेका छौं । यस तालिमले बाँकी क्षमता प्रयोग गरी व्यक्तित्व विकासमा सहयोग पुर्‍याउने छ भन्ने विश्वास लिएका छौं ।”

    कार्यक्रममा देवदह जेसीजका संस्थापक अध्यक्ष विजय गुरुङ, जेसीज लिडरहरु अनिल पराजुली, सागर अधिकारी लगायतको उपस्थिति रहेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।