Logo

२०८३, आश्विन ९गते


images
images

बुद्धपब्लिकमा नागपञ्चमी विशेष चित्रकला प्रतियोगिता

बुद्धपब्लिकमा नागपञ्चमी विशेष चित्रकला प्रतियोगिता

images
  • बुद्धपब्लिकमा नागपञ्चमी विशेष चित्रकला प्रतियोगिता
    images
    images

    देवदह । देवदह बुद्धपब्लिक आवासीय माध्यमिक विद्यालयमा 'नाग पञ्चमी' विशेष चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीलाई संस्कृतिसँग साक्षात्कार गराउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिता पूर्व प्रा.वि, प्रा.वि., नि.मा.वि र मा.वि गरि ४ तहमा विभाजन गरिएको थियो ।  

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद गैरेले साँस्कृतिक विषयसँग नजिक रहेर कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीहरुले साँस्कृतिक पर्वहरूको बारेमा जानकारी हासिल गर्न सक्ने बताए । उनले परम्परादेखि चल्दै आएका साँस्कृतिक पर्वहरूको अपनत्व ग्रहण नयाँ पुस्ताले गर्नु पर्नेमा जोड दिए । 

    images
    images
    images

    विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले संयोजन गरेको कार्यक्रममा सहायक प्राचार्य वेद सूर्यवंशी, रोशी गुरुङ्ग, मा.वि. इन्चार्ज मुक्ति विश्वकर्मा, अञ्जना वली, अस्मिता गुरुङ्ग, मनमाया रूचाल लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।