Logo

२०८३, आश्विन ९गते


images
images

केरवानी माविमा 'अर्धचेतन मस्तिष्कको शक्ति' सम्बन्धि जेसीजको प्रशिक्षण

केरवानी माविमा 'अर्धचेतन मस्तिष्कको शक्ति' सम्बन्धि जेसीजको प्रशिक्षण

images
  • केरवानी माविमा 'अर्धचेतन मस्तिष्कको शक्ति' सम्बन्धि जेसीजको प्रशिक्षण
    images
    images

    देवदह । ‘पावर अफ सबकन्सियस माइण्ड अर्थात् अर्धचेतन मस्तिष्कको शक्ति’ भन्ने अभियानसहित देवदह जेसीजले केरवानी माध्यमिक विद्यालयमा प्रशिक्षण सञ्चालन गरेको छ ।
     
    जेसीज सप्ताहअन्तर्गत सोमवार सम्पन्न चौथौं प्रशिक्षणमा केरवानी माविका कक्षा ११ मा अध्ययनरत ९५ जना विद्यार्थी सहभागी भएका थिए ।
     
    प्रशिक्षणको औपचारिक कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य निर्मल ढुंगानाले अर्धचेतन मस्तिष्कको शक्ति बारे चर्चा गरे । उनले सकारात्मक सोचले मानिसको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै युवा मस्तिष्कको सोच्ने र योजना बनाउने क्षमताको विस्तारमा तालिम सहयोगी हुने विचार व्यक्त गरे । 
     
    जेसीजले यस वर्ष देवदह क्षेत्रका सातवटा शैक्षिक संस्थामा अर्धचेतन मष्तिष्कको क्षमता विकाससम्बन्धी प्रशिक्षण दिने जनाएको छ ।

    images
    images
    images

    अध्यक्ष दीपक अधिकारीका अनुसार, तालिमको उद्देश्य युवाहरुमा सकारात्मक ऊर्जा प्रवाह गर्नु हो । “हाम्रो मष्तिष्कको झन्डै ९० प्रतिशत भाग अर्धचेतन अवस्थामा हुन्छ, जुन अत्यन्तै शक्तिशाली हुन्छ,” उनले भने, “हाल हामी चेतन भागको मात्र १० प्रतिशत मष्तिष्क प्रयोग गरिरहेका छौं । तालिमले बाँकी क्षमताको प्रयोग र व्यक्तित्व विकासमा टेवा पुर्‍याउने विश्वास लिएको छौं ।”

    images
    images
    images

    अध्यक्ष अधिकारीले यदि युवाहरुको सोच सकारात्मक दिशामा डोर्याउन सकियो भने विदेश पलायनको प्रवृत्तिमा समेत कमी आउने र राज्यका विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तन देखिने धारणा राखे ।

    images
    images
    images

    कार्यक्रममा विद्यालयका सह-प्राचार्य कमल ज्ञवाली लगायतले बोलेका थिए । कार्यक्रमको संचालन मनिषा न्यौपानेले गरेकी थिइन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।