Logo

२०८३, श्रावण २७गते


images
images

दशौँ राष्ट्रिय खेलकुद

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चुस्त तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चुस्त तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

images
  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चुस्त तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युुवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्वसन्ध्यामा राष्ट्रिय प्रतियोगिता देशकै इज्जतको सबाल भएकाले राष्ट्रिय खेलकुदको भव्य तयारी गर्न निर्देशन दिएका हुन् । उनले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गरे । परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओली र मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिएका थिए ।

    images
    images
    images

    छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङलगायत सहभागी थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दशौँ राष्ट्रिय खेलकुद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।