Logo

२०८३, आश्विन ९गते


images
images

समीक्षा

गीत ‘आमा’ मार्फत फिल्म ‘रियाल रिङ्गेट' ले बोलेको वैदेशिक श्रमको कथा

गीत ‘आमा’ मार्फत फिल्म ‘रियाल रिङ्गेट' ले बोलेको वैदेशिक श्रमको कथा

images
  • गीत ‘आमा’ मार्फत फिल्म ‘रियाल रिङ्गेट' ले बोलेको वैदेशिक श्रमको कथा
    images
    images

    काठमाडौँ । साउन १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक गरिएको छ । रामचन्द्र काफ्लेको स्वर र संगीत तथा साहित्यकार अमर न्यौपानेको शब्दमा तयार गरिएको यस गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पीडा र भावनात्मक अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।

    images
    images
    images

    गीतको भिडियोमा विदेशमा कार्यरत नेपाली युवाहरूले भोग्नुपरेको शारीरिक तथा मानसिक यातना, बन्धक बनिएपछिको पीडादायी अवस्था र घर–परिवारको सम्झनालाई प्रभावशाली रूपमा देखाइएको छ। फिल्मले वैदेशिक श्रम जीवनको यथार्थलाई उजागर गर्ने प्रयास गरेको छ, जसको झल्को यो गीतबाटै पाइन्छ।

    images
    images
    images

    फिल्मले ती देशहरूमा श्रम गर्न गएका नेपालीहरूको वास्तविकता चित्रण गर्ने उद्देश्य राखेको छ।

    images
    images
    images

    विभोर पोखरेलको निर्देशनमा बनेको यस फिल्ममा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायत कलाकारहरूको अभिनय रहेको छ। प्रदीप भारद्वाजको लेखन तथा गगनलाल प्रधानको निर्माण रहेको फिल्मले नेपाली समाजको एक गम्भीर यथार्थलाई पर्दामा उतार्ने अपेक्षा गरिएको छ ।

    भिडियो  :

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।