Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षक महासंघले खलनायकी भूमिका खेल्यो : राहत शिक्षक

शिक्षक महासंघले खलनायकी भूमिका खेल्यो : राहत शिक्षक

images
  • शिक्षक महासंघले खलनायकी भूमिका खेल्यो : राहत शिक्षक
    images
    images

    काठमाडौं । आफ्ना मागहरुप्रति सरकार सकारात्मक भए पनि शिक्षक महासंघले खलनायकी भूमिका खेलेको विष्णु खत्री नेतृत्वको राहत शिक्षक राष्ट्रिय समितिले आरोप लगाएको छ । आईतवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले आफूहरुलाई वेवास्ता गरी सरकारसँग सम्झौता गरे उसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    images
    images
    images

    नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु खत्रीले महासंघले ४२ हजार रहत शिक्षकहरुलाई अन्याय हुने गरेर सरकारसँग साँठगाँठ गरेको आरोप लागएका छन् । महासंघले आफूहरुप्रति दोहोरो भूमिका खेलिरहेको बताउँदै खत्रीले भने- 'महासंघले राहत शिक्षकको व्यवस्थापन विधि पेशागत सुरक्षा गर्ने हुनुपर्नेमा हामीलाई ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा भन्ने तर सरकारसँग ६० प्रतिशतमा सम्झौता गर्ने रणनीति अमान्य छ । जुन नजन्मदै ६० प्रतिशत बच्चालाई बचाउने र ४० प्रतिशत बच्चालाई भ्रूण हत्या गर्ने चाल जस्तैः प्राकृतिक न्यायको सिद्धान्त विपरितको अपराध हो, तसर्थः कुनै पनि प्रतिशतका आधारमा हुने आन्तारिक प्रतिस्पर्धाको विरुद्धमा हामी कडा भन्दा कडा आन्दोलन गर्छौं ।'

    images
    images
    images

    पत्रकार सम्मेलनमा शिक्षा विधेयक संसदमा पेस हुनुपूर्व दबाबमूलक कार्यक्रम गर्ने र ४२ हजार राहत शिक्षकहरुविरुद्ध सौदाबजी गर्ने शिक्षक महासंघका नाममा नुन बार्नेदेखि ऐनमा आफूहरुलाई न्याय नभए अदालत तथा सडक संघर्षसम्मका कार्यक्रम सार्वजनिक गरेको छ ।

    images
    images
    images

    के छन् त राहत शिक्षकका मागहरु :

    १- सम्पूर्ण राहत शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी पेशागत निरन्तरता कायम गर्नुपर्ने ।

    २- अनिवार्य वा स्वेच्छिक अवकाश हुने राहत शिक्षकलाई गोल्डेन ह्याण्डसेकको व्यवस्था हुनुपर्ने ।

    ३- खाली हुन गएको राहत दरबन्दी लाई स्वतः स्वीकृत दरबन्दीमा परिणत गरी खुल्ला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्ति गरिनुपर्ने र शिक्षक सेवा आयोगका सम्पुर्ण खुल्ला प्रतिस्पर्धामा  राहत कोटामा कार्यरत शिक्षकहरुलाई उमेर हद हटाइ आयोग को प्रतिस्पर्धा मा सहभागी हुन बाटो खुला गर्ने ।

    आजैका मितिदेखि गरिने आन्दोलनका कार्यक्रमहरु :

    १- नेपाल राहत शिक्षक राष्ट्रिय समितिको मागलाई शिक्षा ऐनमा समावेश गराउन महासंघ मार्फत सरकारलाई पहल गर्ने । महासघं, संघ, संगठनका कार्यालयहरूमा प्लेकार्ड सहित धर्ना दिने ।

    २- धर्ना तथा ज्ञापनपत्रमार्फत पनि महासंघले हाम्रो माग मुद्धा नबोकेमा र शिक्षा समितिबाट विधेयक पास हुँदा हाम्रो माग अनुसारको राहत शिक्षकको ब्यबस्थापन एजेण्डा “सम्पूर्ण राहत शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्धता सहित पेशागत निरन्तरता” शिक्षा विधेयकमा समावेश नभएमा देशभर शिक्षक महासंघका विरुद्ध पुत्ला दहन गर्ने र  विधेयक जलाउने ।

    ३- देशभरका सम्पूर्ण राहत शिक्षकहरुले हाम्रो माग मुद्धा सम्बोधन नभै आन्तरिक प्रतिस्पर्धा कै कुरा बिधेयक मा आएमा सांकेतिक बिरोध स्वरुप विधेयक सदनमा पेश भएको भोलिपल्ट कालोपट्टी बाँधेर अध्यापन गर्ने र बेलुका एक छाक महासंघको नाम मा नुन बार्ने ।

    ४- एजेन्डा मिल्ने सम्पूर्ण अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीहरूलाई समन्वय गरी सडक आन्दोलनको तयारी गर्ने र यदि सरकार र शिक्षक महासंघले जबरजस्त आन्तरिक प्रतिस्पर्धाको गलत बाटोमा मोडी कुनै पनि राहत शिक्षकको जागिर समाप्त पार्ने खेल रचेमा त्यसका विरुद्धमा हुने सडक आन्दोलनको क्षति स्वयं सरकार र शिक्षक महासंघले जिम्मा लिनुपर्ने ।

    ५- कुनैपनी राहत शिक्षकको जागीर विस्थापित हुने वा गराइने सरकार तथा शिक्षक महासंघको गलत नियतका साथ ल्याइने प्रतिशतवाला आन्तरिक प्रतिस्पर्धाको विरुद्ध न्यायको लागि अदालत जाने ।

    ६- देशव्यापी रूपमा राहत शिक्षकहरूलाई विभिन्न बहानामा डर त्रास वा मानसिक सन्ताप उत्पन्न गराउनका निम्ति शिक्षा ऐन २०२८ को नियम ९७ मा हुँदै नभएको राहत शिक्षक लाई पालिका पिच्छेका फरक–फरक खाले करारनामाको  सूचना गरी आतंकित बनाउने कामका विरुद्धमा देशव्यापी रूपमा डटेर संघर्ष गर्ने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।