Logo

२०८३, आश्विन ९गते


images
images

'अर्धचेतन मष्तिष्कको प्रयोग' बारे  देवदह आदर्श क्याम्पसमा जेसीजको प्रशिक्षण

'अर्धचेतन मष्तिष्कको प्रयोग' बारे  देवदह आदर्श क्याम्पसमा जेसीजको प्रशिक्षण

images
  • 'अर्धचेतन मष्तिष्कको प्रयोग' बारे  देवदह आदर्श क्याम्पसमा जेसीजको प्रशिक्षण
    images
    images

    देवदह । ‘अनलक योर सबकन्सियस अर्थात् अर्धचेतन मष्तिष्कलाई खोल’ भन्ने अभियानसहित देवदह जेसीजले देवदह आदर्श बहुमुखी क्याम्पसमा प्रशिक्षण सञ्चालन गरेको छ । 

    images
    images
    images

    जेसीज सप्ताहअन्तर्गत शुक्रवार सम्पन्न दोस्रो प्रशिक्षणमा क्याम्पसका स्नातक तहमा अध्ययनरत ४० जना विद्यार्थी सहभागी भएका थिए ।

    images
    images
    images

    यसअघि बिहीवार जनप्रिय माध्यमिक विद्यालय, भलुहीबाट अभियान सुरु गरेको जेसीजले आइतवार देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा तेस्रो प्रशिक्षण दिने जनाएको छ ।

    images
    images
    images

    जेसीजले यस वर्ष देवदह क्षेत्रका सातवटा शैक्षिक संस्थामा अर्धचेतन मष्तिष्कको क्षमता विकाससम्बन्धी प्रशिक्षण दिने जनाएको छ ।

    अध्यक्ष दीपक अधिकारीका अनुसार, तालिमको उद्देश्य युवाहरुमा सकारात्मक ऊर्जा प्रवाह गर्नु हो । “हाम्रो मष्तिष्कको झन्डै ९० प्रतिशत भाग अर्धचेतन अवस्थामा हुन्छ, जुन अत्यन्तै शक्तिशाली हुन्छ,” उनले भने, “हाल हामी चेतन भागको मात्र १० प्रतिशत मष्तिष्क प्रयोग गरिरहेका छौं । तालिमले बाँकी क्षमताको प्रयोग र व्यक्तित्व विकासमा टेवा पुर्‍याउने विश्वास लिएको छौं ।”

    अध्यक्ष अधिकारीले यदि युवाहरुको सोच सकारात्मक दिशामा डोर्याउन सकियो भने विदेश पलायनको प्रवृत्तिमा समेत कमी आउने र राज्यका विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तन देखिने धारणा राखे ।

    शुक्रवारको प्रशिक्षणको औपचारिक समारोहमा क्याम्पस सञ्चालक समिति अध्यक्ष वासुदेव रिमाल, संचालक समिति सदस्य मोतिलाल ढकाल, निमित्त क्याम्पस प्रमुख नविन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।